डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण – Naya Bikalpa
June 1, 2023, Thursday

डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो“ गीत संग्रह लोकार्पण

काठमाडौं । गीतकार डा. हेमनाथ घिमिरेद्वारा लेखिएको “रङ्गिन कालो“ गीतसङ्ग्रहको प्रा.डा. कृष्णहरि बरालले बुधबार लोकार्पण गरेका छन्।

सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बराल, साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक डा. घिमिरेले संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गीतकार घिमिरेका कृतिहरु लोकप्रीय र सन्देशमुलक तथा सरल शब्द र शब्दावली भएकाले सबै नेपालीको मन छुने धारणा व्यक्त गरे।

वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले गीतकार घिमिरेले लेखेको गीत गाएर शुभकामना दिए। लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले गीतकारसँग आफ्नो अन्तरङ्ग सम्बन्धबारे जानकारी दिए।

गीतकार करुण थापा, संगितकार सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्यसहित शुभकामना दिएका थिए। पुस्तकका सम्पादक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राखे।

कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको बन्द आँखाभित्र र दशै आयो भन्छन् गाउँमा गीतको भिडियो प्रस्तुत गरिएको थियो। सो अवसरमा बङ्गलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुलनिर्माण र साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै लेखकलाई सम्मान गरिएको थियो।

साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञवालीको सभापतित्वमा भएको सो कार्यक्रममा घिमिरेको गीत संग्रहमा समेटिएको मेरो माटो शीर्षकको गीतमा संगीत दिएका सुदर्शन विक्रम राणाले गीत गाएका थिए । कार्यक्रमको सञ्चालन डा. शान्तिमाया गिरीले गरेकी थिइन।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ चैत्र २२, २२: ३१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
  • २०७९ चैत्र २२, २२: ३१

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • २०७९ चैत्र २२, २२: ३१

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...