
काठमाडौं । गीतकार डा. हेमनाथ घिमिरेद्वारा लेखिएको “रङ्गिन कालो“ गीतसङ्ग्रहको प्रा.डा. कृष्णहरि बरालले बुधबार लोकार्पण गरेका छन्।
सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष समारोहमा कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बराल, साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक डा. घिमिरेले संयुक्तरुपमा लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गीतकार घिमिरेका कृतिहरु लोकप्रीय र सन्देशमुलक तथा सरल शब्द र शब्दावली भएकाले सबै नेपालीको मन छुने धारणा व्यक्त गरे।
वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले गीतकार घिमिरेले लेखेको गीत गाएर शुभकामना दिए। लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले गीतकारसँग आफ्नो अन्तरङ्ग सम्बन्धबारे जानकारी दिए।
गीतकार करुण थापा, संगितकार सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्यसहित शुभकामना दिएका थिए। पुस्तकका सम्पादक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत , पत्रकारिता र हिन्दी विभागका प्रमुख उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राखे।
कार्यक्रममा आनी छोइङ डोल्माले गाएको घिमिरेको बन्द आँखाभित्र र दशै आयो भन्छन् गाउँमा गीतको भिडियो प्रस्तुत गरिएको थियो। सो अवसरमा बङ्गलादेशको पद्मा नदीको ६.२५ किलोमिटर लामो पुलनिर्माण र साहित्यिक योगदानको उच्च मूल्याङ्कन गर्दै लेखकलाई सम्मान गरिएको थियो।
साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञवालीको सभापतित्वमा भएको सो कार्यक्रममा घिमिरेको गीत संग्रहमा समेटिएको मेरो माटो शीर्षकको गीतमा संगीत दिएका सुदर्शन विक्रम राणाले गीत गाएका थिए । कार्यक्रमको सञ्चालन डा. शान्तिमाया गिरीले गरेकी थिइन।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...