शरणार्थी बनाई अमेरिका लैजाने नाममा ५ करोड बढी ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
ठगी प्रकरण बारे तत्कालिन गृहमन्त्री थापा, उर्जामन्त्री रायामाझी, गृहसचिव न्यौपाने र आईजी खनालसमेत जानकार

शरणार्थी बनाई अमेरिका लैजाने नाममा ५ करोड बढी ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

 

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नेपाली नागरिकलाई झुक्याएर पाँच करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै १० जना पीडितहरु प्रहरीको सम्पर्कमा आइपुगेका छन्।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरू सम्पर्कमा आएका र उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको थियो। सो ठगी प्रकरणमा यसअघि सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी कार्यालयले काठमाडौं परिसरमा बुझाइसकेको छ।

उनीहरूको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ।

यसरी ठगीमा ८१ जना परेका छन्। अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। पीडितहरूले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो।

शरणार्थी शिविरमा रहेका शरणार्थीको दर्ता छुटपुट भएको भन्दै ठगी प्रकरणमा संलग्नहरुले गर्दा शरणार्थी प्रमाणीकरण नै ‘शंकास्पद’ देखिएपछि गृह मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको थियो।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा नीरज राई, काठमाडौंका सन्देश शर्मा, कांग्रेस नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाका पूर्व स्वकिय सचिव केशवप्रसाद दुलाल, सानु भण्डारीसहितले शरणार्थीका नाममा अमेरिका पठाउन भन्दै रकम उठाएका थिए।

उनीहरुले आफ्नो नाममा रकम जग्मा गर्न लगाएका थिए। गृह मन्त्रालय र नेपाल प्रहरीले गिरोहबाट गैरशरणार्थीलाई अमेरिका पठाउने नाममा भएको असुली धन्दाबारे २०७९ मंसिरपछि मात्र अनुसन्धान गरेको थियो।

बेल्डाँगी (झापा) र पथरी (मोरङ) शिविरमा रहेका भुटानी शरणार्थीमध्ये दर्ता प्रक्रियामा छुटेका तथा थप शरणार्थीको प्रमाण जुटाउन ०७६ वैशाखमा गृहका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन नआउँदै गिरोहले शक्तिकेन्द्रसँगको सम्बन्ध देखाएर गैरशरणार्थी युवाबाट रकम उठाउन थालेको थियो।

पन्थी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा शिविरमा रहेका तर प्रमाणीकरणमा नपरेका भनी ४२९ जनालाई शरणार्थी परिचयपत्र दिन सिफारिस गरिएको थियो।

गृह मन्त्रालयले शरणार्थी समन्वय इकाइ प्रमुख रहेका झापाका प्रमुख जिल्ला अधिकारीलाई जेठ २७ मा पत्र लेख्दै छुट शरणार्थीको दीर्घकालीन समस्या समाधान र व्यवस्थापनका लागि राय एवं सुझाव माग्ने क्रममा पन्थी नेतृत्वको समितिको प्रतिवेदनसमेत अध्ययन गर्न निर्देशन दिएको छ ।

शरणार्थीका नाममा असुली धन्दा चलेको विषयमा ०७८ मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी परेको थियो । तर, तत्कालिन गृहमन्त्री वालकृष्ण खाँण, प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले खासै चासो दिएनन्।

यसअघिका गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले भुटानी शरणार्थीको नाममा भइरहेको ठगी प्रकरणमा हात नहाल्नु भनी तत्कालिन जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन नै दिएका थिए।

जिल्ला प्रहरी कार्यालय प्रमुख हुँदा सन्तोष खड्काले सो सूचना पाएका थिए । तर, ठगी प्रकरणमा प्रभावकारी छानबिनको लागि आदेश नआएपछि उनी रोकिएका थिए । स्रोतका अनुसार गृहमन्त्री थापाले नै एसपी खड्कालाई रोकेका थिए।
त्यसपछि तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरजले ५५ जनाबाट ५ करोड ५० लाख रुपैयाँ उठाएका थिए।

०७६ असार २ मा आँगन रेस्टुरेन्ट (थापाथली), साउन २२ मा कुमारी अपार्टमेन्ट त्रिपुरेश्वर, भदौ ५, २५, असोज ६ र कात्तिक २६ मा हिमालय होटलमा र फागुन २६ मा आँगन रेस्टुरेन्टमा भेटेर इन्द्रजित राईलाई रकम बुझाइएको दाबीसहितको कागजात अख्तियारमा पेस भएको थियो।

प्रेम राज पन्थीले अख्तियारमा निवेदन दिएपछि उनको रकम फिर्ता दिइएको थिष्यो । ‘तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई समेत बुझाउनुपर्छ भनेर तत्कालीन गृहमन्त्री थापाका सल्लाहकारले ०७६ भदौमा ५५ व्यक्तिसँग जनही १० लाख रुपैयाँ लिएका थिए।

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने सूचना तत्कालिन गृहसचिव महेश्वर न्यौपाने र उर्जा मन्त्री भएका टोप बहादुर रायामाझीलाई समेत थाहा थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० बैशाख ७, १६: २२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० बैशाख ७, १६: २२

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० बैशाख ७, १६: २२

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...