भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास – Naya Bikalpa
June 1, 2023, Thursday

भारतीय राजदूतद्वारा सोलुखुम्वुमा ध्यान केन्द्रको शिलान्यास

काठमाडौं । सोलुखुम्वु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित ङेन्गा थेक्चोक छ्योलिङ ध्यान केन्द्र निर्माण गर्न शुक्रबार एक समारोहबीच शिलान्यास भएको छ।

बुद्ध जयन्तीको अवसर पारेर यो ध्यान केन्द्रको शुक्रबार नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तव र महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

भारतीय सरकारको अनुदान सहयोगमा निर्माण गरिने सो ध्यान केन्द्र निर्माणले स्थानीय बौद्ध धर्मालम्बी र स्थानीय समुदायलाई ध्यान र आध्यात्मिक कार्यको लागि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले बताए।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०८० बैशाख २२, २०: ०२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
  • २०८० बैशाख २२, २०: ०२

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • २०८० बैशाख २२, २०: ०२

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...