काठमाडौं । पशुपति नाथ मन्दिरमा राखिएको सुनको ‘जलहरी’ प्रकरणमा प्रश्न गर्दै प्रतिनिधि सभाको शुक्रबारको बैठक अबरुद्ध गर्ने नेकपा एमाले आफै फसादमा परेको छ।
संसदको बैठकमा आक्कल झुक्कल उपस्थित हुने नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीसमेत उपस्थित हुँदा शुक्रबार एमालेका प्रमुख सचेतक पदम गिरीले पशुपति नाथमा राखिएको सुनको जलहरीलाई सत्तारुढ सांसदले ‘पित्तलको’ भनेकोमा आपत्ति जनाउँदै सदनको बैठक अबरुद्ध गरेका थिए।
सरकारको आगामी आर्थिक बर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा माओबादी केन्द्रका सांसद राजन दाहालले सदनको बुधबारको बैठकमा अघिल्लो सरकारको नेतृत्व गरेकाहरुको पालामा यति, ओम्नी घोटाला र पशुपति नाथमा सुनको जलहरी भन्दै पित्तलको जलहरी राखेर अनियमिता भएको जनाएका थिए।
शुक्रबारको बैठक शुरु हुनासाथ बैठकको नियमित कारबाहीमा प्रवेश नै गर्न नदिएर एमालेले नाराबाजी गर्दै सभामुखको रोष्टम घेरेका थिए। एमालेले जलहरी काण्डको छानबिन गर्न माग गरेको थियो ।
तर, माओबादी सांसदले उठाएको जलहरी प्रकरणको विषयमा घोटाला भएको स्पष्ट पारेको थियो ।
महालेखाको प्रतिवेदनलाई हेर्ने हो भने माओबादी सांसद दाहालले उठाएको जलहरी घोटााल प्रकरणमा थप छानबिनको आवश्यकता नै देखिँदैन ।
१० किलो सुन र ज्याला खर्च देखिँदैन
महालेखा परीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन २०७९ असार २९ गते महालेखा परिक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपतिसमक्ष पेश गरेका थिए । प्रतिवेदनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको ४२ औं बुँदामा सुनको जलहरी निर्माणको विषय उल्लेख छ।
प्रतिवेदनमा पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्नेगरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको देखिएको छ।
तर जलहरीमा रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ केजी ८९० ग्राम, चाँदी १ किलो २४९ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ केजी ९२४.७५ग्राम सुन कायम भएको दाबी गरिएको छ।
निर्माण गरिएको जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र वाँकी १० किलो ९७६ग्राम सुनको रिङ्ग बनाई जलहरीमा लगाएको भनिए पनि त्यसको प्रमाण भेटिएको छैन।
रिङ्ग बनाउन प्रयोग भएको भनिएको सुनको मुल्य ७ करोड८६ लाख ४६ हजार रहेको महालेखाले जनाएको छ। प्रतिवेदनमा जलहरी बनाएर वाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश गरेको छैन भनिएको छ।
‘जलहरी, जलधारा, नाग नागमुर्ति र सुनको किलामा ९६ किलो ८२२ ग्राम रहेको। वाँकी १० किलो ९७६ ग्राम सुन कतै प्रयोग भएको पुष्टि भएन’, प्रतिवेदनमा भनिएको छ।
महालेखाको सोही प्रतिवेदनको बुँदा नम्वर ४३ मा जलहरी निर्माणवको ज्याला खर्च शीर्षकमा पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन नियमावली २०५४को नियम ३.४.१.१ अनुसार दाताहरुबाट प्राप्त चन्दा अनुदान भेटीघाटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मगा गर्नु पर्ने व्यवस्था छ।
तर सञ्चालक परिषद्को २०७७ माघ १४ गतेको बैठकले सुनको जलहरी निर्माण कार्यको लागि दातामार्फत कालिगढलाई भुक्तानी गरिएको ज्यालाको विवरण उल्लेख गरिएको छैन ।
‘जलहरी निर्माणको कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसाव लेखाङ्कन गरेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेश गरेको छैन्।’
यसरी जलहरी निर्माण गर्न भनि खरिद गरिएकोमध्ये जलहरीमा प्रयोग नभएको सुन नभेटिनु र कालिगढलाई कतिज्याला कुन दाताबाट कति प्राप्त गरी उपलब्ध गराइएको हो भनी उल्लेख भएको देखिँदैन । त्यसैले यो जलहरी काण्डमा अत्तो थापेर संसद अबरुद्ध गर्ने एमालेलाई छानबिन गरेमा उल्टै फस्ने देखिएको छ।
२०७७ साल माघमा सुन खरिद र कालिगढलाई जिम्मे दिने समयमा नेपालमा नेकपाको अध्यक्षको हैसियतमा रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए
।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...