
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत महाधिवेशनबाट महामन्त्री निर्वाचित कुन्तीकुमारी शाहीलाई महिला विभाग प्रमुख र कुन्तीसँग पराजित रेखा थापालाई उपप्रमुख मनोनयन गरेका छन् ।
राप्रपा विधानअनुसार महामन्त्री शाहीलाई प्रमुख र रेखालाई उपप्रमुख मनोनयन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा कमल थापा पक्षबाट उम्मेदवार बनेकी कुन्तीसँग लिङ्देन पक्षकी उम्मेदवार रेखा पराजित भएकी थिइन् ।
रेखा गत निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष उम्मेदवार बनेर तेस्रो भइन् । राप्रपा महिला विभागको सदस्य सचविमा सावन्ता थापा र सदस्यमा नानु लामा, सरस्वती लामा, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर मनोनीत भएका छन् ।

काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...
काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ एक करोड ७ लाख...
काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगले...