सुन तस्करी प्रकरणमा महराका छोरा राहुल बल्ल पक्राउ – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

सुन तस्करी प्रकरणमा महराका छोरा राहुल बल्ल पक्राउ


काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करीको अनुसन्धान गर्न बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको बेला राहुल महरा पक्राउ परेका हुन् । गत पुषदेखि प्रकरणमा मुछिएका राहुल आज बल्ल पक्राउ परेका छन् ।

राहलले भने आफू सीआइबीमा बयान दिन गएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलिमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सीआइबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु।’

सम्बन्धित समाचार

प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
  • २०८० भाद्र १३, १७: २७

काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका...

अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?
  • २०८० भाद्र १३, १७: २७

काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख...

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
  • २०८० भाद्र १३, १७: २७

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगले...