कविता: कृष्ण प्रसाद न्यौपाने
आखिर जीवन विज्ञान रहेछ एक ।
न भक्ति भो यो ज्ञान नभो विवेक ।।
जन्मेर आखिर जीवनको सत्यलाई नचिनि ।
तयारी गर्दैछु चौरासी लाखलाई फनफनी ।।
आनन्द पाउँन गरेँ दौडधुप ।
रहेछ आफूभित्रै त्यो विराट स्वरुप ।।
ईश्वर खोज्दै हिंडे मन्दिर धाम ।
बढ्यो त्यसैले लोभ, मोह अनि काम ।।
सुख शान्ति समृद्धिको त्रिवेणी यो जीवन ।
आफ्नै परम तत्वसँग गर्नैपर्छ मिलन ।।
सुख सागर छातीभित्रै छ हिड्यौं बाहिर माग्दै ।
जीवनका चुनौतीमा हिंड्न थाल्यौं भाग्दै ।।
सुखमा माग्दै हिंड्यौ हामी पति पत्नी छोरा ।
पाप पुण्य एक्लै भोग्छन् कसले भोग्ने हो र ।।
सबै धर्मशास्त्र भन्दा माथि उठ्या छ ज्ञान ।
सनातन र नविनतम्को एउटै जीवन विज्ञान ।।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...