भट्टराईको जन्मदिन काँग्रेसले मनाएन – Naya Bikalpa
January 19, 2026, Monday      Epaper

भट्टराईको जन्मदिन काँग्रेसले मनाएन

काठमाडौं । नेपाली राजनीतिक क्षेत्रमा आदर्श, निष्ठा र निष्कलंक क्षवि वोकेको नेपाली कांग्रेसका संस्थापक कृष्ण प्रसाद भट्टराईको ९७ औ जन्मजयन्तिमा उनकै मातृ पार्टीले सम्झने प्रयास गरेन ।

प्रधानमन्त्री र सभामुख जस्तो उच्च पदमा पुगिसकेका भट्टराईको त्याग, निष्ठा र इमान्दारीताको आज पनि सबैले कदर गर्ने र सद्भाव देखाउने गर्छन । नेपालको २०४७ को प्रजातान्त्रिक संविधान जारी गर्ने र दोश्रो संसदीय निर्वाचन गर्न सफल उनले २०१५ सालको संसदीय निर्वाचनदेखि २०४८ सालमा आफू प्रधानमन्त्री भएर आम निर्वाचन गराउँदा आफै पराजित भए ।

२०५० सालको उपनिर्वाचनमा सत्तारुढ दलको सभापति भएर पनि उनले पराजय भोग्नु परेको थियो । भट्टराईलाई २०५६ सालको संसदीय निर्वाचनमा पर्षा १ बाट उम्मेदवार बनाएर कांग्रेस सांसदमा निर्वाचित ग¥यो । सोही निर्वाचनमा कांग्रेसले भावि प्रधानमन्त्रीको रुपमा भट्टराईलाई अघि सारेर बहुमतको सरकार बनाएको थियो । २०५६ साल जेठमा प्रधानमन्त्री भएका भट्टराईले सोही वर्षको चैत ३ गते राजिनामा दिनएका थिए ।

भट्टराई २०४८ बैशाखमा प्रधानमन्त्री निवास वालुवाटार परित्याग गर्दा आफूसँग भएको टिनको वाकस, सुराही र छाता बोकेर वाहिरिएको घटना नेपालको इतिहासमा अविश्मरणीय घटनाको रुपमा लिइन्छ । नेपालको राजनीतिक इतिहासमा निष्ठावान र आदर्श राजनीतिज्ञको उदाहरण बनेका भट्टराईका अनुयायी भनेर चिनिएका बासु रिसाल, भरत शम्शेर राणाको निधन भइसकेको छ भने कुवेर शर्मा, शरतसिंह भण्डारीले कांग्रेस छाडिसकेका छन् ।

योगप्रसाद उपाध्याय सक्रिय राजनीतिबाट निष्क्रिय छन् भने पूर्णबहादुर खड्का कांग्रेस महामन्त्रीमा छन् । प्रदीप गिरी, डा. नारायण खड्का पनि कांग्रेसकै केन्द्रीय कार्यसमितिमा छन् । किसुनजीका प्रीय पात्रको रुपमा चिनिएका पंचायत कालमै काठमाडौंको प्रधानपञ्चमा निर्वाचित हुन सफल हरिबोल भट्टराईले नेपाली कांग्रेस बीपीको पसल खोलेर बसेका छन् । अर्का नेता मनमोहन भट्टराई कहिले सक्रियत कहिले निष्क्रिय जस्तै छन् । काठमाडौं महानगरपालिकाका मेयर भएका पीएल सिंह पनि कांग्रेसको सक्रिय राजनीतिबाट निष्क्रिय बनेका छन् ।

१९८१ साल माघ २० गते भारतको बनारसमा जन्मिएका भट्टराईको २०६७ सालमा भएको थियो । जीवनको उत्तरार्धमा कांग्रेस छाडेका उनको आज जन्म दिनको अवसर पारेर भट्टराई आश्रमकी अमिता कपालीको अगुवाईमा पशुपति भण्डारका पण्डित, परिषरमा रहेका शाधु र सन्तलाई भोजन गराइएको थियो । आफूले जन्माएको कांग्रेसले भने किसुनजीको जन्म दिनको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन् ।

न त अनौपचारिक कार्यक्रम नै ग¥यो । किसुनजीको जन्म तिथिको अवसर पारेर १८ गते भट्टराई आश्रम वाँडेगाउँ ललितपुरमा श्राद्ध गरिएको थियो । जहाँ काग्रेसका युवा नेता रामहरि खतिवडादेखि पार्टी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, पत्रकारद्वय युवराज घिमिरे र विजयकुमार पाण्डे लगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट पाइन् टिकट, धादिङ-१ बाट चुनाव लड्ने
  • २०७६ फाल्गुन २७, ०७: १७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने भएको छ । सोमबार रास्वपा पार्टी...

रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
रास्वपाले कहाँ-कहाँ टुंग्यायो उम्मेदवार ?
  • २०७६ फाल्गुन २७, ०७: १७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको टुंगो लगाउन...

निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
निर्वाचन आयोगले सुरु गर्‍यो ‘कल सेन्टर’
  • २०७६ फाल्गुन २७, ०७: १७

काठमाडौं : मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा...