प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता


काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गरेकी थिइन् ।

बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् ।

सम्बन्धित समाचार

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, सिटौलालाई हटाइयो
  • २०८० मंसिर २१, ११: २७

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमला पन्तलाई राष्ट्रिय सभा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० मंसिर २१, ११: २७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

भीम रावलद्धारा नेकपा सुदूरपश्चिम इन्जार्च अस्वीकार
भीम रावलद्धारा नेकपा सुदूरपश्चिम इन्जार्च अस्वीकार
  • २०८० मंसिर २१, ११: २७

काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफूलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका छन्।उनले आफूसँग परामर्श नगरी उक्त जिम्मेवारी...