पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार

संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ ।

समितिका सभापति जबराले आज उनीविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उनको सुनुवाइ शुक्रबार २ः३० बजेका लागि तय भएको जानकारी दिए ।

बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गरेका थिए ।

सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राखे। उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिए ।

सम्बन्धित समाचार

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०८० मंसिर २१, १५: ४०

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८० मंसिर २१, १५: ४०

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
  • २०८० मंसिर २१, १५: ४०

लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ ।यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा...