दोहोरो अंकले बढ्यो शेयर बजार,२ अर्ब ७८ करोडमाथिको कारोबार – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

दोहोरो अंकले बढ्यो शेयर बजार,२ अर्ब ७८ करोडमाथिको कारोबार

काठमाडौं । शृयर बजार बिहिबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ११.७३ अंकले बढेर एक हजार ८ सय ५२ दशमलब ७७ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये १७५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

त्यस्तै, ग्लोबल लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ७.८१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इनस्यारेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस बैंकको ८ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
याम्बालिङ हाइड्रोपावरको आइपिओ आजदेखि खुला, १७.४३ लाख कित्ता सर्वसाधारणका लागि
  • २०८० मंसिर २१, १६: ११

काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८० मंसिर २१, १६: ११

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८० मंसिर २१, १६: ११

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७...