धर्मेन्द्र विह्वलको ‘शहरक भीड़मे एसगर हम’ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

धर्मेन्द्र विह्वलको ‘शहरक भीड़मे एसगर हम’

काठमाडौं । साहित्यकार धर्मेन्द्र विह्वल अर्थात पत्रकार धर्मेन्द्र झाकोको पछिल्लो पटक मैथिली भाषामा ‘शहरक भीडमे एसगर हम’ कविता संग्रह प्रकाशित भएको छ।

उनको यो छैठौँ कविता सङ्ग्रह हो। मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो।

उनले यो कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रुपमा प्रकाशित गरेका छन्।

यस संग्रहबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन्। आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख कवि धर्मेन्द्रको यो कविता संग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले मन पराउने विश्वास गरिएको छ।

उनका कविताहरूमा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ र यश कृतिमा समेत त्यो बुझाइको अनुभव गर्न सकिन्छ। विह्वलका अनुसार साहित्य भनेको कल्पना मात्र होइन, यसले वास्तविकताका तत्वहरू समाहित गर्दछ र उनको काव्यात्मक अभिव्यक्तिमा त्यो भाव प्रष्ट प्रतिबिम्बित हुन्छ।

छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको विह्वल आजिवन सञ्चार जगत र साहित्य लेखनबाट आफू बिट मार्ने सोचमा नरहेको बताउँछन्। यो कर्म उनको दैनिकी र जीवनको अभिन्न अंग सरह नै बनिसकेको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र नेपाली र मैथिली दुर्व भाषामा कलम चलाउँछन् ।

मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको कृति ‘शहरक भीड़मे एसगर हम’ मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एस सी सुमनले बनाएका छन्।

विह्वल्को शब्द र सुमनको चित्रको फ्युजनले सङ्ग्रहलाइ विशेष बनाएको छ। यो पुस्तकको मुद्रण कार्य पुष्पाञ्जली छापाखाना, अनामनगर काठमाडौंले गरेका् हो व।

यस अघि विव्हलका ’रस्ता तकैत जिनगी (२०५१)’ , ’एक सृष्टि एक कविता (२०५६)’, ’एक समयक बात (२०६३)’, ‘धुवाँएल आकृतिसभ (२०६३)’ र ’व्योमक ओहि पार (२०७८)’ मैथिली कविता सङ्ग्रह प्रकाशित छन्।

 

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० पुष १५, १७: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८० पुष १५, १७: १७

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८० पुष १५, १७: १७

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...