वैरगनिया सम्मेलन र २००७ सालको क्रान्ति – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

वैरगनिया सम्मेलन र २००७ सालको क्रान्ति

क्रान्तिको तयारी
२००६ चैत्रमा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भएर “नेपाली काङ्ग्रेस” बन्यो । नेपाली काङ्ग्रेस पार्टी गठन हुनासाथ नेपालको राजतन्त्र समाप्त पारेर प्रजातन्त्र स्थापना गर्न अहिसांत्मक शान्तिपूर्ण आन्दोलनबाट सम्भव नहुने भन्ने निर्णयमा पुगे– नेताहरु ।
भारतीय भूमिबाट क्रान्ति गर्न अप्ठ्यारो पर्ने बुझेर बी.पी.ले पाल्पा क्षेत्रलाई क्रान्तिको केन्द्र बनाउने उद्देश्यले त्यतातिरको अवस्था बुझ्न गए । तीन दिन गोप्य बसाइपछि यो कुरा सम्भव नहुने बुझेर बी.पी. गारेखपुरतिर लागे ।
२००६ चैत २७ मा दुई पार्टी एकीकरण भएपछि बी.पी. र सुवर्ण समसेरले सशस्त्र क्रान्तिको तयारीका लागि भारतीय वृटिश सेना र आजाद हिन्द फौजका अवकाश प्राप्त नेपाली सैनिकहरुलाई सङ्गठित पार्न थालेका थिए ।
वैरगनिया सम्मेलन
यसैबीच २००७ असोज १०–११ गते विहारको वरगनिया गौरको सीमा पारी नेपाली कांङ्ग्रेसको सम्मेलन भयो ।
“राणा शासनलाई समाप्त पारी प्रजातन्त्रीय जनउत्तरदायी शासन खडा गर्ने उद्देश्यका साथ नेपाली कांङ्ग्रेसले यो सम्मेलन गरेको हो । सबै कार्यकर्ता एकजुट भई जनक्रान्ति सफल पारुन् ।”
यस्तो उद्घोषसहित नेपाली कांङ्ग्रेसले आफ्नो स्थापनाकालीन “शान्तिपूर्ण आन्दोलन गरेर प्रजातन्त्र स्थापना गर्ने नीति” परित्याग ग¥यो । बी.पी. कोइरालाले आफै बर्मा पुगेर हात हतियारको बन्दोवस्त गरे । महावीर समसेरको हिमालय एविएसनको विमानबाट हातहतियार ल्याए । भारतको पटना नजिकै बक्सर भन्ने ठाउँमा विमान उतारियो । त्यसपछि विमानमा रहेका ती हातहतियार नेपालका विभिन्न सीमा क्षेत्रमा पु¥याइयो ।
राजा त्रिभूवन भारततर्फ
वि.सं १९९७ को प्रजापरिषद् काण्डदेखि नै राजा त्रिभुवन राणाविरुद्ध हुँदै गएका थिए । नेपाली कांग्रेस स्थापनापछि गोप्य रुपमा राजासँग भेटघाट र क्रान्तिको तयारी बारे जानकारी प्राप्त गर्दै थिए । यसैबीच २००७ कार्तिक २१ गते बिहानै राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र लगायत सम्पूर्ण राजपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । दिल्लीको विशेष सक्रियतामा कार्तिक २६ गते राजा त्रिभुवन लगायत सम्पूर्ण राजपरिवार भारतीय विशेष वायुयानद्धारा दिल्ली प्रस्थान गरे ।
सशस्त्र क्रान्ति
२००७ कार्तिक २५ गते मध्यरातमा वीरगञ्जबाट क्रान्ति सुरु भयो । मुक्ति सेनाका सैनिक कमाण्डर थीरमब मल्लको नेतृत्वमा सशस्त्र क्रान्ति भएको थियो । भोलिपल्ट २६ गते बिहानसम्म वीरगञ्जमा नेपाली कांङ्ग्रेसको चारतारे झण्डा फपहराइसकेको थियो ।
यसैबीच विजय सभालाई सम्बोधन गर्ने क्रममा कमाण्डर थीरबममाथि गोली प्रहार भयो । परिणामस्वरुप थीरबम मल्ल यस क्रान्तिका पहिलो शहीद भए ।
यस घटनाबाट उग्र बनेका मुक्ति सेनाले त्यस दिन भरिमै सम्पूर्ण बीरगञ्ज कब्जा गरे । विमानबाट देशभरी क्रान्तिसम्बन्धी पर्चा पम्प्लेट छर्ने काम भइरह्यो । कार्तिक २६ को मध्यरातदेखि विराटनगरमा पनि क्रान्ति सुरु भएर उता पूर्वी पहाडी जिल्लाहरुमा समेत फैलियो । सशस्त्र क्रान्ति व्यापक बन्दै गयो ।
तारिणीप्रसाद कोइराला र फणीन्द्रनाथ रेणुको प्रयासमा विराटनगरबाट नेपाल रेडियो स्थापना र प्रसारण सुरु भयो । रेडियोबाट समाचार प्रसारण हुन थालेपछि क्रान्तिको सफलतामा ठूलो योगदान पुग्न थाल्यो ।
रेडियो प्रसारणले क्रान्तिकारी योद्धाहरुमा ठूलो जोस जागर फैलायो । उत्साह र प्ररणा बढायो । वास्तवमा आधा युद्धको विजय त रेडियोको प्रचार –प्रसारले नै गराएको थियो ।
विराटनगरको क्रान्तिमा डा. कुलदीप झा. लगायत दर्जनौं योद्धा शहीद भएका थिए । गिरिजाप्रसाद कोइरालालगायत नेताहरुको नेतृत्वमा सञ्चालित डेढ महिनाभन्दा बढीको सशस्त्र युद्धपछि विराटनगर र वरपर क्रान्तिकारीको कब्जामा आयो ।
उदयपुर गढी जनकपुर क्षेत्रमा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरीको नेतृत्वमा सशस्त्र क्रान्ति गरेर कब्जा गरियो ।
यसरी नै सर्लाही मलंगवा, भोजपुर, चैनपुर, तेह्रथुम, ओखलढुंङ्गा, रामेछाप, चरीकोट, सिन्धुली आदि स्थान २००७ माघ १५ भित्र क्रान्तिकारीको कब्जामा आइसकेका थिए ।
पूर्वतर्फका झापा, इलाम, भद्रपुर, धनकुटा ताप्लेजुङ्ग क्षेत्रहरुमा पनि मुक्तिसेनाका नियन्त्रणमा आए । पश्चिमका भैरहवा, परासी, तौलिहवा, कोइलावास, दाङ प्युठान, सल्यान, पाल्पा, स्याङ्जा बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, बन्दीपुर गोरखा आदि क्षेत्रमा मुक्तिसेनाको आधिपत्य भयो । कैलाली, डोटी, डडेल्धुरा, अछाम, सुर्खेत, दैलेख नेपालगञ्ज लगायतका प्रायः सबै क्षेत्र मुक्तिसेनाले जितेको थियो ।
राजधानी काठमाडौंमा राजा र राजपरिवार भारततर्फ गएकै दिन २००७ कार्तिक २६ बाट आन्दोलन सुरु भयो । राणा मोहन समसेरले तीनवर्षे ज्ञानेन्द्रलाई राजा बनाएको विरोधमा काठमाडौंका बासिन्दा झन् झन् विरोधमा उत्रिएका थिए ।
शान्तिपूर्ण आन्दोलनको जुलुस प्रर्दशनका क्रममा न्हुछेरत्न मानन्धर र भोगेन्द्र मानसिंह लगायतले शहादत प्राप्त गरे । आन्दोलन चर्किएपछि काठमाडौंमा संकटकाल घोषणा गरेर सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाइयो ।
यसैबीच मोहन समसेरले राजा त्रिभुवनलाई फर्काउन र संविधानमा आवश्यक सुधार गर्नेबारे वक्तव्य प्रकाशित गरे । क्रान्ति चलिरहेकै बेला कसरी सुरक्षित अवतरण गर्ने भनेर भारतीय प्रधानमन्त्री, राजा त्रिभुवन र मोहन समसेर, बी.पी मातृका लगायतका बीच वार्ता चल्न थालेको थियो । यसैबीच २००७ माघ ३ गते तत्कालीन नेपाली काङ्ग्रेस अध्यक्ष एवं क्रान्ति कमाण्डर मातृका प्रसाद कोइरालाले युद्धविरामको घोषणा गरे । पटनामा सम्मेलन गरेर नेताहरुले प्रजातन्त्र स्थापना संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था सम्बन्ध आवश्यक छलफल गरे ।
यद्यपि युद्धविरामको घोषणापछि धेरै नेता एवं कार्यकर्ताहरु असन्तुष्ट बनेका थिए । पश्चिमतर्फका युद्ध कमाण्डर डा. के आई सिंह लगायत अन्य केही क्रान्तिकारीहरुले युद्धविरामको अवज्ञा गरेका थिए । दिल्लीमा राजा, राणा र न्पाली कांङ्गे्रसकाबीच भएको वार्ता, सहमती र समझदारी अनुसार फागुन ४ गते राजा र नेपाली काङ्ग्रेसका नेताहरु काठमाडौं आइपुगे ।
यसै अनुरुप प्रजातान्त्रिक नेपाल प्रारम्भ भयो । यथार्थमा के हो भने काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पूर्व–पश्चिम, तराई–पहाड सबै क्षेत्रमा नेपाली कांग्रेसका मुक्तिसेनाले विजय गरिसकेका थिए । काठमाडौं वरपर पनि आन्दोलन चरम चुलीमा पुगेको बेला दिल्ली वार्ताद्वारा राजा, राणा एवं नेपाली कांग्रेसबीच सम्झौता हुन पुग्यो । सोही सम्झौताको परिणती २००७ फागुन ७ गते राजा त्रिभुवनको घोषणाद्वारा प्रजातन्त्र स्थापना भयो । (डा. तुलसी भट्टराईद्वारा लिति बी.पी. कोइराला र नेपाली कांग्रेसबाट )

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ पुष १७, ०९: ५२

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ पुष १७, ०९: ५२

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ पुष १७, ०९: ५२

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...