चौधरीपछि पक्राउ परे कांग्रेस महासमिति सदस्य अजितनारायण – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
‘स्पोर्टस’ जुत्ता कारखाना खोल्न लिएको जग्गामा स्कुल

चौधरीपछि पक्राउ परे कांग्रेस महासमिति सदस्य अजितनारायण

काठमाडौं । नेपाल प्रहरीले व्यापारिक घराना चौधरी ग्रुपका सञ्चालक अरुण चौधरीलाई गिरफ्तार गरेको केही समयपछि नै तत्कालिन वाँसवारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका थापालाई कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी)ले बत्तीसपुतलीबाट उनलाई विहीबार दिउँसो पक्राउ गरेको हो।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण हुनुअघि नै सिजी रेसिडेन्सी प्रालिले स्पोर्टस् जुत्ता कारखाना स्थापना गर्ने भन्दै लिएको थियो । हाल सो जग्गामा सिजीले चाँदबाग स्कुलन सञ्चालन गरिरहेको छ ।

नेपाल प्रहरीको सिआईबीले भने कारखानाको जग्गा हडपेको र त्यसमा तत्कालिन कार्यकारी अध्यक्ष थापाले सो जग्गा नामसारी गर्न भूमिका खेलेको भन्दै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा २०४९ देखि २०५१ सम्म कार्यरत थिए ।

आजै सिआईवीले यसअघि चौधरी ग्रुपका अरुण चौधरीलाई पक्राउ गरेको थियो ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा लिएको आरोप छ ।

सांसद बिनोद चौधरीलाई जोगाएर अरुण र अजितलाई  पक्राउ गरियो 

विनोद चोधरीको मुख्य सेयर रहेको सिजी चाँदबाग रेसिडेन्सी प्रालिले कारखानाको जग्गा अतिक्रमण गरेको आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद बिनोद चौधरीका भाई अरुणलाई सीआइबीले पक्राउ गरेको थियो ।

अरुणकुमार चौधरी सीजी होल्डिङ्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । हंगेरीका अवैतनिक महाबाणिज्यदूत समेत रहेका अरुणलाई पक्राउ गरी सिआईबीले सांसद समेत रहेका नेपालका खर्बपति व्यापारी बिनोद चौधरीलाई भने सोधपुछ समेत गरेको छैन ।

२०४८ को गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आर्थिक उदारीकरण र खुल्ला बजार अर्थनीति अबलम्बन गरेसँगै पहिलो चरणमा भृकुटी कागज कारखाना, हरिसिद्धी  इँटा टायल कारखाना र वाँसवारी छालाजुत्ता कारखाना निजिकरण गरेको थियो ।

तत्कालिन अर्थमन्त्री महेश आचार्यदेखि २०५४का तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापासँग विशेष सम्वन्ध भएका बिनोद चौधरीले वाँसबारी छालाजुत्ता कारखानाको आठ रोपनी जग्गा च्याम्पियन सु फ्याक्ट्रिको नाममा नामसारी गरेका थिए ।

बाँसवारी छालाजुत्ता कारखाना निजीकरण गर्दा भारतको महाराष्ट्रस्थित कानपुरका इदरिस अहमत, मिशवाह उल इस्लाम र जिया उल इस्लामले २ करोड २४ लाख रुपैयाँमा सकारेका थिए । वाँसबारी छालाजुत्ता कारखानाले चर्चेको जग्गामा २०५४ सालमा शहिद गंगालाल हृदय केन्द्र स्थापना भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० माघ १८, १५: ४५

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० माघ १८, १५: ४५

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० माघ १८, १५: ४५

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...