कार्यकक्षबाटै कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कार्यकक्षबाटै कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई प्रहरीले थापाथलीस्थित गु्रपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको छ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो।

सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सानुराम भट्टराई, प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मी, प्रहरी नायव उपरिक्षक अनिल घिमिरेसहितको टोली कान्तिपुर कार्यालय पुगेको थियो।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ। पुर्जी प्रनाउ घिमिरेले दिइसकेपछि उनलाई कान्तिपुरको कार्यालयबाट निकालेर सडकमार्ग हुँदै जनकपुरधाम लगिदैछ।

सिरोहिया गिरफ्तारपछि कान्तीपुर परिषरमा उपस्थित भएका संचारकर्मी र शुभेच्छुकहरुले गृहमन्त्री रबी लामिछानेविरुद्ध नारावाजी गरेका थिए।

पक्राउ परेपछि सिरोहियाले दुई वटा राहदानी प्रयोग गरेको अभियोगमा गृहमन्त्री लामिछाने भोली गिरफ्तार हुने विश्वासा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८१ जेष्ठ ८, २०: ३६

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८१ जेष्ठ ८, २०: ३६

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८१ जेष्ठ ८, २०: ३६

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...