अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासद्वारा पोखरामा ‘योग प्रदर्शन’  – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासद्वारा पोखरामा ‘योग प्रदर्शन’ 

पोखरा। अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेको छ।
दूतावासले आयोजना गरेको सो योग प्रदर्शनमा सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेका थिए।
सराङ्कोटपछि पोखरा नजिकैको पुम्दीकोटस्थित शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो। सो कार्यक्रमका लागि अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ।
योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए।
त्यस्तै, अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गरियो।
यस वर्षको ‘स्वयम् र समाजका लागि योग’ भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरु बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता थियो।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ असार ६, १७: ५८

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८१ असार ६, १७: ५८

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८१ असार ६, १७: ५८

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...