पूर्वप्रधानमन्त्री चन्दको ‘रात्रिभोज’को दोस्रो संस्करण प्रकाशित – Naya Bikalpa
February 9, 2025, Sunday

पूर्वप्रधानमन्त्री चन्दको ‘रात्रिभोज’को दोस्रो संस्करण प्रकाशित

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ।

वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो।

कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथासहित जम्माजम्मी १८ कथा समावेश छन्।

जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामर्थ्य भएका कथाकार चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले बताए।

‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौंका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गरेकोमा शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी शिवराज पन्तप्रति भण्डारीले आभार व्यक्त गरे।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ श्रावण १, १६: १९

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ श्रावण १, १६: १९

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ श्रावण १, १६: १९

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...