पूर्वप्रधानमन्त्री चन्दको ‘रात्रिभोज’को दोस्रो संस्करण प्रकाशित – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

पूर्वप्रधानमन्त्री चन्दको ‘रात्रिभोज’को दोस्रो संस्करण प्रकाशित

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ।

वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो।

कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथासहित जम्माजम्मी १८ कथा समावेश छन्।

जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामर्थ्य भएका कथाकार चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले बताए।

‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौंका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गरेकोमा शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी शिवराज पन्तप्रति भण्डारीले आभार व्यक्त गरे।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८१ श्रावण १, १६: १९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८१ श्रावण १, १६: १९

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८१ श्रावण १, १६: १९

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...