काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।
सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयप्रति उच्च अदालत पाटन र सर्वोच्च अदालतको आदेशले न्याय गरेको महसुस गर्दै त्यसप्रति लक्षित गरेका छन्।
बागमती नदी किनारमा रहेका बस्ती खाली गराउने र न्युोडको सँघुरो सडक पेटी चौडा गर्ने अभियानलाई संघीय सरकार र त्यसमा पनि नेकपा एमालेको नेतृत्वले विरोध गरिरहँदा वालेनले थुप्रै चुनौति बेहोरेका थिए।
सर्वोच्च र उच्च अदालतले उनको योजना र अभियानलाई बाटो खुला गरेपछि उनले फुटपाथ विस्तारको काम बुधबारदेखि तीब्र गतिमा अघि बढाएका छन्।
यस्तो छ बालेको कविता
सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...