बालेनलाई फुर्यो कविताः मिथ्यावको जस्तो ठूलो अभिमान र सान सत्यको हुँदैन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper
फुटपाथ विस्तार र नदी किनारका सुकुम्वासी हटाउने अदालतको आदेशपछि

बालेनलाई फुर्यो कविताः मिथ्यावको जस्तो ठूलो अभिमान र सान सत्यको हुँदैन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।

सामाजिक सञ्जालमा बालेनले कविता लेख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयप्रति उच्च अदालत पाटन र सर्वोच्च अदालतको आदेशले न्याय गरेको महसुस गर्दै त्यसप्रति लक्षित गरेका छन्।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउने र न्युोडको सँघुरो सडक पेटी चौडा गर्ने अभियानलाई संघीय सरकार र त्यसमा पनि नेकपा एमालेको नेतृत्वले विरोध गरिरहँदा वालेनले थुप्रै चुनौति बेहोरेका थिए।

सर्वोच्च र उच्च अदालतले उनको योजना र अभियानलाई बाटो खुला गरेपछि उनले फुटपाथ विस्तारको काम बुधबारदेखि तीब्र गतिमा अघि बढाएका छन्।

यस्तो छ बालेको कविता

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझै शीतल, फूलझैं कोमल,
सून न पित्तल, किसानझै फोहर,
आकाशझै विशाल ,
स्पर्शझै सुक्ष्म,
सगरमाथाझै हिमाल,
थोपाझै पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८१ श्रावण २, १६: ५८

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८१ श्रावण २, १६: ५८

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८१ श्रावण २, १६: ५८

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...