कम्पनी आमा र टिचिङ्ग अस्पताल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कम्पनी आमा र टिचिङ्ग अस्पताल

कविता: कवि ः माधव साधक

परियारमिठाराम गुरु मात्रै होइन मेरा महागुरु ।
उहाँकै सुझाव पछ्याएर हिड्छु खुरु खुरु ।।

पार्किङ्ग गर्न सिकउनुभो मलाई धेरै कुरा ।
दुई हप्तामै सक्षम मलाई बनाउनुभयो पूरा ।।

लक्ष्मण गुरु दयामयी साक्षात् नै हो राम ।
नाइटमा पनि एकछिन त गर्नुहोस् आराम ।।

घडी हेरेँ मध्यराती एक बजेको थियो ।
लक्ष्मण भन्नु शेष नाग हो मैले यही सम्झियो ।।

कर्ण गुरु आत्मा चिन्ने सन्त नै हो दानी ।
परपीडा बुझ्नहुन्छ प्रेमभावको ज्ञानी ।।

भरत सर कमाण्डर अति नै राम्रो ।
भेट भएको दिनमा नै प्रेम प¥यो हाम्रो ।।

कमाण्डर भएर पनि अति नम्र बोली ।
मलाई लाग्छ शक्तिशाली बन्नुहुन्छ भोलि ।।

पदम नाम पराक्रमी कमाण्डर पण्डित ।
एकैठाउँमा काम गर्दैछौं गर्नुहुन्छ हित ।।

सोध्नुभयो कुन कुराको यहाँ छ आवश्यक ।
डोरी पिल्लर चाहियो सर माधवले बताइदेछ ।।

रोशी खोला किनारमा गिट्टी कुटेँ मैले ।
अस्पतालको पार्किङ्गमा सिट्ठी फुक्छु अहिले ।।

बाल्यकालमा बेच्न हिंडेँ दाउराको भारी ।
साहै्र नै गाह्रो हुन्थ्यो रुन्थेँ आँशु झारी ।।

दुई सय तीन ठाउँमा काम गरेँ मैले ।
भातको गाँस र सिट्ठी हुन्छ दुई हातमै अहिले ।।

टिचिङ्ग अस्पतालका मित्र सबै जना राम्रो ।
भएजति नेपाली सबै परिवार नै हो हाम्रो ।।

विश्वको नै शुभचिन्तक माधव मेरो नाउँ ।
विश्वकै केन्द्र नेपाल बनोस् चाँडै देख्न पाऊँ ।।

विश्वप्रसिद्ध हुन्छ नै भन्छन् मलाई मित्रहरुले ।
यहाँ पनि साथ दिनुहुन्छ पदम भरत सरले ।।

पदम सर र भरत सरको साथ पाउँछु भनि ।
ड्युटीमा म चनाखो छु ढुक्क छ क अनि ।।

पदम भरत रुद्र माधव यहाँ चार जना ।
सृष्टिकर्ता ब्रम्हाझैं लाग्छ आनन्द छ मन ।।

माधवको पार्टनर साथी साच्चै कोहिनुर हिरा ।
सधैं साथ पाउँने नै छु उच्च राख्छु शिर ।।

कम्पनी नै मेरी आमा तीर्थ मन्दिर आश्रम ।
सम्झना त्यो आइरहन्छ जहाँसुकै म जाउँ ।।

स्वयम्भु सरलाई सम्झिरहन्छु म त सधैभरि ।
उनान्चालीस बर्षसम्म सँगै काम गरि ।।

वचन पूरा गर्नलाई अझै नै छ बाँकी ।
केही निगाह गर्नुहोला अब दया राखी ।।

दुईटा कुरा नभए पनि भए पुग्छ बास ।
श्रम उमेर रगत पसिना चढाएँ यही छ मलाई आश ।।

कम्पनी हो मेरी आमा टिचिङ्ग हो बाउ ।
अब निको हुनेभयो मनको मेरो घाउ ।।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ पुष २४, ०९: ३८

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७४ पुष २४, ०९: ३८

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७४ पुष २४, ०९: ३८

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...