
काठमाडौं। ‘टिकटमा सहजता र भाडामा न्युनताको वातावरण बनाउनका निम्ति अर्को प्रयास!’ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सामाजिक सञ्जाल फेसवुकमा दिउँसो ३ बजेतिर सन्देश पोष्ट गरिरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको विमानस्थल काउन्टर यात्रुहरुले तोडफोड गरिसकेका थिए।
नेपाली नागरिक बाढी, डुवान र पहिरोका कारण आपत्ति र विपत्तिमा परेको मौका छोपेर हवाई यात्रुसँग टिकट बापत भन्दै यति एयरले सतप्रतिशत बढी मुल्य अर्थात ६ हजारको हवाई भाडामा १२ हजार रुपैयाँ लिएपछि आक्रोसित यात्रुहरुले तोडफोड गरेका हुन्।
व्यवसायिक प्रतिष्पर्धाको नाममा विपत्तिमा परेका नागरिकबाट सतप्रतिशत बढी भाडा उठाएर लुट मच्चाई रहेको यति एयरलाइन्सलाई भने यात्रुहरुले राम्रै सवक सिकाएका छन्।
दुई वा तीन जना यात्रुले गुनासो गर्दा शान्ति सुरक्षा भङ्ग भयो भन्दै कठालो समाएर दुर्व्यवहार गर्ने विमानस्थलका सुरक्षाकर्मीहरु पनि बुधबार भने अक्क न बक्क परे। त्यसको कारण थियो कि करिव तीन दर्जन बढी यात्रुहरुले बढी भाडा असुल गरेर बाढि, पहिरो तथा चाडपर्वका कारण सिर्जित यात्रा गर्नु पर्ने बाध्य भएकाको आक्रोस ।
हालै मात्र नागरिक उड्डयन मन्त्रालयको आग्रहमा अधिकतम हवाई भाडा नलिएको दाबी गर्ने नीजि क्षेत्रका विमान कम्पनीहरुले यात्रु झुक्याएर सतप्रतिशत रकम लिएर यात्रुलाई ठगी गरिरहेका छन् ।
मन्त्रालयको निर्देशन र आग्रहलाई अश्वीकार गर्दै उल्लङ्घन गर्ने विमान संचालकहरुको राज्यका उपल्ला निकायहरुसँगको अदृष्य तर बलियो सम्वन्धका कारण बर्षेनी यात्रुहरुलाई उनीहरुले लुट्ने गरेका छन् ।

अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुल्ने तर समयमा उडान पनि नगर्ने भए पछि यात्रुहरुले बुधबार भने यतिका तीन घण्टासम्म पनि कुनै उडान गर्न दिएनन् ।
यति एयरलाईन्सको अमानविय र निर्मम व्यवहारले प्रताडित भएका यात्रुहरूले बुधबार यति एअरको काउन्टर तोडफोड गर्नुको साथै यतिका कर्मचारीलाई समेत हातपात गरेका छन् ।
विराटनगरको एकतर्फी ६ हजारको टिकटलाई १२ हजार लिएर धेरै ढिलो उडान गरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरिरहेको भिडिओ सामाजिक सञ्जालमा यतिवेला भाइरल छ।
विमानस्थल प्रहरी भने धेरै यात्रुहरु आक्रामक भएपछि ठूलो घटना हुन नदिन रक्षात्मक भएको देखियो। यात्रुहरूको हुल देखेपछि प्रहरीले उनीहरुलाई सम्झाई बुझाइ गरेको देखिन्छ।
एअरलाइन्सहरूले ७ हजारको टिकेटलाई १७ हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । विपत्तिमा अचाक्ली भाडा उठाउन थालेपछि चौतर्फी आलोचना हुँदा विमान संचालकहरुले विज्ञप्ति जारी गरेर आगामी तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय गरेका थिए।

तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी उनीहरुले झुटो प्रचार गरिरहेका छन् । विमान संचालकहरुको यो लुट घटनालाई सरकारले भने कुनै नियन्त्रण गर्न सकेको छैन।
नेपालका विमान संचालकहरुले यात्रुहरु आपत्ति परेको मौका छोपेर गत साता श्री एयरलाइन्सले समेत धनगढीको भाडा १७ हजार रुपैयाँ असुलेको थियो । जवकी नयाँ दिल्लीको भाडा १२ हजार नेपाली रुपैयाँभन्दा बढी थिएन।
राणा शासनमा समेत दैवी विपत्ति भएको बेला कसैले कालोबजारी गरे पाँच जना साक्षी राखे ज्यान लिने भन्ने सम्मको नियम थियो। प्रजातन्त्रणमा निरंकुस राणा शासनको कल्पना गर्न त सकिन्न तर लुटतन्त्र मच्चाएकालाई कानुन बमोजिम राज्यले भने कारबाही गर्न नसक्नु विडम्बनापूर्ण अवस्था हो।

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...