स्वयम् प्रमाण बनिन्छ – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

स्वयम् प्रमाण बनिन्छ

कविता कवि ः माधव साधक परियार

संकोच, विकार र आलस्यलाई हामीले फाल्यौं भनि ।
ईश्वर बाहेक केही देख्दैनौं त्यो ठाउँमा अनि ।।
सद्गुण र दुर्गुण दुवै एक ठाउँमा रहँदैन ।
जहाँ छ सद्गुण त्यहाँ दुर्गण बस्न सक्दैन ।।
माधव नै महादेव मनका नै पार्वती ।
सत्य कुरा यही नै हो प्रमाण दिउँ कति ।।
नाम किन जोडिएको बुझ्नुभयो अहिले ।
सबै कुरा ऐना समान प्रष्ट पारेँ मैले ।।
जुन ठाउँमा प्रकाश छ अँध्यारोले बास ।
बस्ने कुरै आउँदैन नगरे हुन्छ आश ।।
हामी आफूलाई मानिस भन्छौं तर छैन ज्ञान ।
हतारमा नै बित्यो जीवन गर्नुस् अब ध्यान ।।
रोग अनेक एपचार एक अचुक औषधी ।
ध्यानले नै निको हुन्छ रोग सारा भएजति ।।
ध्यानले निको नभएमा देखाउँछ बाटो ।
ध्यान समान मिलनसार मित्रै छैन अरु साटो ।।
मनका भन्नु विचार हाम्रो सकारात्मक सोचले ।
सबै रोग निको हुन्छ विज्ञान र योगले ।।
योग ध्यानमै जोड दिन्छन् डाक्टरहरुले पनि ।
त्यही कुरालाई ध्यान दिएर लेखेँ कविता अनि ।।
पूरै विज्ञान सिक्नलाई जीवन विज्ञान आउँनुस् ।
आफैं प्रमाण बन्नुहुन्छ सबै थाहा पाउँनुस् ।।
धेरै समय लाग्दैन एक्काइस दिनको कुरा ।
योग साधना ध्यान के रहेछ त्यो बुझ्नुहुन्छ पूरा ।।
पूरै दिन लाग्दैन विहान डेढ घण्टा ।
जीवन सफल पार्नलाई नमान्नुहोस् लण्ठा ।।
विहानको समयचाहिँ आउनुस् साँढे पाँचमा ।
योग ध्यानबाटै सफल हुन्छौं जीवनको जाँचमा ।।
चक्र उपचार बोध लय विज्ञान तीनवटा गर्नुस् ।
चमत्कारी शक्ति आउँछ अनि छक्क पर्नुस् ।।
योग ध्यानले हजुरको भित्री मनलाई छुन्छ ।
जीवन विज्ञान पाल्नुस् हजुर शान्ति पाउँनुहुन्छ ।।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ माघ २, ०८: ४०

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७४ माघ २, ०८: ४०

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७४ माघ २, ०८: ४०

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...