नेपाल पत्रकार महासंघको महिला पत्रकार सम्मेलन सम्पन्न – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

नेपाल पत्रकार महासंघको महिला पत्रकार सम्मेलन सम्पन्न

“सशक्त महिला पत्रकारः समृद्ध राष्ट्र र सञ्चार” भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ केन्द्रीय महिला समितिद्वारा चितवनको पटिहानीमा दुईदिने महिला पत्रकारहरुको राष्ट्रिय भेलाबाट पारित १३ बुँदे घोषणापत्र जस्ताको तस्तै

नेपालको संविधान २०७२ ले अंगिकार गरेको सम्पूर्ण समानताको हक र समृद्धिको लक्ष्यलाई मध्यनजर गर्दै,

श्रमजीवि ऐन, आम संचार नीति २०७२ र लैङ्गिकमैत्री संचार निर्देशिकामा गरिएका व्यवस्थालाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै,

सम्पूर्ण अग्रज पत्रकार महिलाहरु जसले भावि पूस्तालाई पत्रकारितामा आउन पथप्रर्दशकको भूमिका निर्वाह गर्नुभयो र अग्रजहरु जो अहिले त्यो पथमा हिडेर अरुलाई प्रोत्साहित गरिरहनुभएको छ उहाँहरुलाई सम्मान गर्दै,

यो सम्मेलन सफल पार्न सहयोग गर्ने नेपाल पत्रकार महासंघ चितवन शाखा, भरतपुर महानगरपालिका, भरतपुर महानगरपालिका अन्तर्गत २२ नं वडा, विश्व बन्यजन्तु कोष, चितवन राष्टिय निकुन्जलगायत विभिन्न संघ संस्था र पटिहानीवासी आदरणीय जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछौं,

जसले पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा आफ्नो जिवन उत्सर्ग गर्नूभयो र कामकै शिलशिलामा बेपत्ता पारिनुभयो उहाँहरुलाई स्मरण गर्दै यो पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलन मार्फत पटिहानी चितवन घोषणापत्र जारी गर्दछौ ।

१३ बुँदे घोषणापत्र
१ सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगिकार गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि जोडदार माग गर्दछौ ।

२.महिलाको क्षमता तथा दक्षता अभिबृद्धिको लागि आधारभूत र बिषयगत तालिमको ब्यबस्था तुरुन्त गरियोस ।

३ पत्रकार महिलाको भौतिक र पेशागत सूरक्षाको सुनिश्चित गर्नुका साथै पेशागत स्थायित्वका लागि उचित वातावरण निर्माण गरियोस् र श्रम ऐनले ब्यवस्था गरेका सुविधाहरु उपलब्ध गराईयोस् ।

४ नेपाल पत्रकार महासंघको बिधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरी अध्यक्ष वा महासचिव एक जना महिला हुनुपर्नै अनिवार्य ब्यवस्था हुने गरी संशोधन गरियोस् । साथै एक जना महिला उपाध्यक्षको व्यवस्थाका लागि समेत विधानमा संशोधन गरियोस ।

५.नेपाल पत्रकार महासंघको केन्द्रिय समितिमा ३३ प्रतिशत महिला सहभागिताका लागि विधानमा व्यवस्था गरियोस ।

६.संचारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रुपमा बनाई कार्यान्वयन गरियोस । नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गरियोस ।

७.आमसंचार नीति र श्रमजिवी पत्रकार ऐन जस्ताको तस्तै कार्यान्वयन हुने बातावरण निर्माणका लागि नयाँ बन्ने संघ र प्रदेशका कानूनहरु बनाईयोस् ।

८. संचार माध्यमले पत्रकार नियूक्ति र पदोन्नती गर्दा समाबेशी नीति अपनाईयोस् ।

९.केन्द्र र मोफसलमा महिलाद्घारा संचालित छापा तथा बिधूतिय संचार माध्यमलाई स्थायित्व र दिगो ब्यबस्थापन गर्नका लागि स्थानिय, प्रदेश र संघिय सरकारले नीतिगत ब्यबस्था गर्नका लागि जोडदार माग गर्दछ ।

१०.नेपाल पत्रकार महासंघले घोषणा गरेको राष्ट्रिय स्तरको आम संचार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि तुरुन्त पहल गरियोस ।

११.पत्रकार महिलाका बिशेष अबस्थालाई मध्यनजर गर्दै संचार माध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य ब्यवस्था गरियोस ।

१२.सरकारले ब्यबस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पुर्याउने गरी नितीगत निर्णय गर्नुपर्ने र सो विषयमा ठोस निर्णय न हुँदासम्म भएको व्यवस्थालाई कार्यव्नयन गर्नु पर्ने । यि बिदाका कारण उसको पद यथावत रुपमै कायम हुनुपर्नै र उसको पदोन्नतीमा यस बिदाको कारण बाधा अबरोध नपुराईयोस् ।

१३. नेपाल सरकारले पहिचान गरेको नयाँ पर्यटकिय गन्तब्यमा पश्चिम चितवनको पटिहानी समेत परेकोमा स्वागत गर्दै पटिहानी लगायत पश्चिम चितवनको पर्या पर्यटनलाई लैंगिकमैत्री बनाउदै विकास गर्न नेपाल सरकारले थप योजना ल्याउन यो भेला माग गर्दछ । नेपाल पत्रकार महासंघद्वारा विज्ञप्तीमा जनाइएको छ ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ माघ २१, ०९: १०

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ माघ २१, ०९: १०

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ माघ २१, ०९: १०

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...