
काठमाडौं । बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ । भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको जनाइएको छ । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बस बैराड नदीमा खसेको थियो ।
मध्यप्रदेश सरकारले मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ र गम्भीर घाइतेलाई ५०/५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको समाचार एजेन्सीले बताएका छन् ।
उक्त घटनामा १५ जनाको शव भेटिएको छ र अरु २०/२५ जना घाइते भएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले जानकारी दिए ।

काठमाडौं : नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी...
जनकपुर । संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरधामस्थित यात्री निवास होटलमा भएको छलफलमा...
काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी...