शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

शिक्षकहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन

 

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।

नयाँबानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरुले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी भएका छन् । मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरुले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरुको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरुको भनाइ छ ।महासंघले चेतावनी दिँदै भनेको छ कि, यदि सरकारको ध्यान नपर्ने हो भने, उनीहरूले थप कडा संघर्षको कार्यक्रम ल्याउनेछन्।

शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन्। शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुने भएको छ।

सम्बन्धित समाचार

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८१ चैत्र २६, १७: ००

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०८१ चैत्र २६, १७: ००

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...

विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
विनय यादवको आमरण अनसनप्रति ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’को ऐक्यवद्धता
  • २०८१ चैत्र २६, १७: ००

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...