महाधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

महाधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा निर्वाचन संयोजक

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन व्यवस्थापन तथा सहजीकरणको लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सात जना वरिष्ठ अधिवक्तालाई प्रदेशगत निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिएका छन् ।

समितिका अनुसार कोशी प्रदेशको निर्वाचन संयोजकमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल तथा गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई निर्वाचन संयोजक तोकिएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार वडा तहदेखि विभिन्न तहका अधिवेशन समयमै सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले पार्टीका स्थानीय संरचनालाई आवश्यक समन्वय गर्न निर्देशनसमेत दिएको छ । केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतसँग समन्वय गरी निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न वडा, स्थानीय तह तथा जिल्ला तहका पार्टी संरचनालाई पत्राचार गरिएको खड्काले बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ तथा नगर वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ । स्थानीय परिस्थितिअनुसार तोकिएको अवधिभित्र वडा अधिवेशन सम्पन्न गर्न सकिने समितिले जनाएको छ ।

त्यसपछि असोज ७ गते गाउँ तथा नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका हकमा भने स्थानीय अवस्थालाई ध्यानमा राखेर केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय संरचनाबीच समन्वय गरी अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

काँग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि गर्ने जनाएको छ ।

May be an image of map, ticket stub and text

May be an image of tree and text

सम्बन्धित समाचार

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
  • २०८३ भाद्र २५, १८: ५८

काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त...

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
  • २०८३ भाद्र २५, १८: ५८

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित...

आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
  • २०८३ भाद्र २५, १८: ५८

काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज...