नेवारी सम्पदा र संस्कृति बचाउन लोकतन्त्रवादी नेवा संघ अपरिहार्य : महामन्त्री प्रदीप पौडेल – Naya Bikalpa
September 15, 2026, Tuesday      Epaper

नेवारी सम्पदा र संस्कृति बचाउन लोकतन्त्रवादी नेवा संघ अपरिहार्य : महामन्त्री प्रदीप पौडेल

काठमाडौं : संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै मुलुकमा विभिन्न समुदाय, जातजाति, धर्म–संस्कृति र रीतिरिवाजको संस्थागत विकास गर्दै आफ्ना समुदायबीच आपसी सद्भाव अक्षुण्ण राख्न विभिन्न संघ–संस्थाहरू निर्माण भइरहेका हुन्छन्। समुदायको आशा र भरोसा जगाउन यस्ता जातजातिका संस्था निर्माण भइरहँदा नेपालमा छरिएर रहेका नेवारी नेपाली दाजुभाइहरू पनि संगठित हुँदै आएका छन्।

नेपाली कांग्रेसका नेता तथा महामन्त्री प्रदीप पौडेलले यस्ता समुदायलाई बचाउन लोकतन्त्रवादी नेवा संघ गठन भई कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा आउँदा संस्कृतिको संरक्षणका लागि पार्टी बलियो हुने विश्वास व्यक्त गरेका छन्। यस्ता माग र मुद्दा सम्बोधन गराउन आफूले विगत लामो समयदेखि मुलुकभर समुदायबीच नेतृत्व आवश्यक भएको बताएका छन्।

यस्ता संघ–संस्थाले जस्तोसुकै परिस्थिति आए पनि समुदायलाई बचाउन उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरेका छन्। आइतबार पार्टी कार्यालयमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतन्त्रवादी नेवा संघको प्रथम बैठक तथा सपथग्रहण कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भयो।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री श्री प्रदीप पौडेल, केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, अर्जुन जोशी, गंगा सुनार, उमा दाहाल, प्रा. डा. अमिता प्रधान शाक्य, महासमिति सदस्य रीता ढकाल दवाडी, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओम घर्ती मगरलगायत विभिन्न शुभेच्छुक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाल भाषामा नेपाल लोकतन्त्रवादी नेवा संघका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सपथ गराएका थिए।

संघको प्रथम बैठक तथा सपथग्रहण कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, अर्जुन जोशी, प्रा. डा. अमिता प्रधान शाक्य तथा नेपाल लोकतन्त्रवादी जनजातिका केन्द्रीय अध्यक्ष श्री ओम घर्ती मगरले संस्थाले लोकतन्त्र बलियो बनाउन सबैतर्फबाट प्रयास गर्नुपर्ने बताएका थिए।

सपथग्रहण तथा शुभकामना मन्तव्य पश्चात् संघका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई संघको आगामी कार्यदिशाबारे जानकारी गराएका थिए। उक्त भेटघाट अत्यन्त उपलब्धिमूलक भएको नेपाल लोकतन्त्रवादी नेवा संघका सभापति नरेशकुमार ताम्राकारले जानकारी गराएका छन्। साथै भोटेकोशी बाढीपीडितका लागि लोकतान्त्रिक नेवा: संघले रु ५१,००० को चेक पनि हस्तान्तरण गरेको थियो । नेपाल लोकतन्त्रवादी नेवा संघको तर्फबाट रु ५१०००बाढीपीडित सहयोगार्थ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मार्फत नेपाली कांग्रेसलाई बुझाउनका लागि अध्यक्ष अेाम घर्ती मगरलाई नेपाल लोकतन्त्रवादी नेवा संघका सभापति नरेशकुमार ताम्राकारले बुझाए ।

सम्बन्धित समाचार

१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
१५औं महाधिवेशन भव्य बनाउन कांग्रेस बागमती प्रदेशको आह्वान
  • २०८३ भाद्र २९, १२: ०१

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशनहरूलाई भव्यताका साथ सम्पन्न गर्न आह्वान...

कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
कांग्रेसको १५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान
  • २०८३ भाद्र २९, १२: ०१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि...

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
  • २०८३ भाद्र २९, १२: ०१

काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार...