पाकिस्तानको वातावरणीय नमूनामा थप तीन विश्वव्यापी पोलियो भाइरस भेटियो – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

पाकिस्तानको वातावरणीय नमूनामा थप तीन विश्वव्यापी पोलियो भाइरस भेटियो

इस्लामाबाद । पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ । सन् २०२३ मा देशमा सकारात्मक नमूनाहरूको कुल योग एक सय १५ पुगेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

भाइरसको सङ्क्रमणबाट बच्चाहरू अपाङ्गता पैदा गर्ने बिभिन्न खालका रोगबाट निरन्तर जोखिम रहन्छ । राष्ट्रिय स्वास्थ्य सेवा, नियमन र समन्वयका लागि पाकिस्तानी कार्यवाहक मन्त्री नदीम जानलाई उद्धृत गर्दै विज्ञप्तिमा यस्तो उल्लेख गरेको छ ।

यो भाइरसले विशेष गरी शारिरीक रूपमा कमजोर बच्चाहरूलाई पक्षाघात निम्त्याउन सक्ने उनले उल्लेख गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्ता छिमेकी राष्ट्र अफगानिस्तानसँगै विश्वको दुई पोलियो–स्थानिक देशहरू मध्ये एक हो । पाकिस्तानमा सन् २०२३ मा छ वटा पोलियोका घटना दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
भारतीय बजारमा नेपाली थकालीको प्रवेश, जिम्बु थकालीको अन्तर्राष्ट्रिय यात्रा सुरु
  • २०८० माघ ३, १०: २८

काठमाडौं : नेपाली थकाली परिकार अब भारतीय बजारमा पनि औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। काठमाडौंमा स्थापित लोकप्रिय ब्रान्ड जिम्बु...

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
  • २०८० माघ ३, १०: २८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक,...

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
मानसिक स्वास्थ्यलाई शिक्षा नीतिको प्राथमिकतामा राख्न मन्त्री पोखरेलको पहल
  • २०८० माघ ३, १०: २८

काठमाडौं ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण नीतिगत प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै...