आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा ‘हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ  सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।

निमोनिया  बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो । तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ । स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

२०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् ।

सम्बन्धित समाचार

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८२ कार्तिक २६, ०७: ५२

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...

नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
  • २०८२ कार्तिक २६, ०७: ५२

काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८२ कार्तिक २६, ०७: ५२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...