वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

चितवन । कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ ।नन्दनको ९० वर्षको उमेरमा गत आइतबार  राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं.२०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अरू काव्यमा कलम चलाएका छन् ।

उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् ।उनका गीतिसंग्रह अञ्जली -२०२३, सपनीबाट ब्युँझेर -२०२३, विपनीका पाइलाहरू -२०५२, ऐनाभित्रको आकाश -२०६३, सिद्धार्थको ग्रहत्याग लघुकाव्य -२०७४ र पत्रम पुष्पम कवितासंग्रह -२०७७ प्रकाशित भएका छन् ।

१९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आएका हुन् । उनले छिन्नलता गीत पुरस्कार -२०५४, चिसाप प्रतिभा पुरस्कार -२०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार -२०६४, नारायणी प्रज्ञा पुरस्कार- २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनलाई रथारोहण तथा सम्मान समेत गरिएको थियो ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०८२ भाद्र ३, ०८: ०२

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
  • २०८२ भाद्र ३, ०८: ०२

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ भाद्र ३, ०८: ०२

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...