आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

काठमाडौं । आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।

यसवर्षको मधुमेह दिवसको नारा मधुमेह र कल्याण (Diabetes and Well–being ) हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।

यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो। फ्रेड्रिक ग्रान्टले चाल्र्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए। उनैको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ। शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रुपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिने अवस्थालाई नै मधुमेह भनिन्छ।

मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

सम्बन्धित समाचार

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८२ कार्तिक २८, १०: ०५

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ कार्तिक २८, १०: ०५

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
  • २०८२ कार्तिक २८, १०: ०५

भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र...