काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु

काठमाडौं  । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।

यसबाट हुने जोखिम घटाउन सरकारले स्थानीय तहसँग समन्वय गरेर खोप सेवा प्रदान गरेको हो । यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय वाहिर रहेका १० वर्ष उमेरका किशोरीहरुलाई दिइनेछ । यस्तै गएको वर्षको खोप कार्यक्रममा छुटेका अहिले कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पनि यो खोप दिइनेछ ।

पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजार कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताइन् ।

‘अघिल्लो वर्षबाट सुरु गरिएका थियौ । पहिले यो खोप पैसा तिरेर लिइरहनु भएको थियो भने अहिले निशुल्क विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमबाट धेरैभन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस् भन्ने चाहान्छौ।’

डंगोलले स्थानिय सरकारको सहकार्यमा खोप लगाउने अभियान देशैभरी भइरहेको जानकारी समेत दिइन् । ‘आज एचपीभी भाइरसको खोप उल्लासका साथमा देशैभरी विभिन्न ठाउँमा विशेषगरी स्थानिय सरकारको सहकार्यमा खोप लगाउने कार्यक्रम भईरहेको छ ।

सम्बन्धित समाचार

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८२ माघ २७, १७: ०१

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ माघ २७, १७: ०१

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै
  • २०८२ माघ २७, १७: ०१

भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र...