धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह – Naya Bikalpa
February 23, 2026, Monday      Epaper

धादिङ बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह

काठमाडौं : पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको जनधनको क्षतप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

आज बिहान करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु र २६ जना घाइते भएको दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति थापाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्मा शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।

उनले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् ।

कांग्रेसले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकोले तत्काल एक कार्यदल गठन गरी घटनाहरूको गहिरो अध्ययन गरेर यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकृष्टसमेत गरेको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
साम्बाद्वारा उपचारका लागि सहयोगको अपिल
  • २०८२ फाल्गुन ११, १२: ५९

काठमाडौं : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको...

उदयपुरमा बस दुर्घटना , १५ जना घाइते
उदयपुरमा बस दुर्घटना , १५ जना घाइते
  • २०८२ फाल्गुन ११, १२: ५९

उदयपुर । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्...

कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौं-५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे काठमाडौं-५ का लागि १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
  • २०८२ फाल्गुन ११, १२: ५९

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक...