‘स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ’ – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

‘स्वच्छ निर्वाचन गराउन आयोग क्रियाशील छ’

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन् । आयोगले आज यहाँ आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति थियो । आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्लाजिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए ।

७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च गराउन अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गरिएको कूटनीतिक नियोगका अधिकारीलाई जानकारी गराए ।

कार्यक्रममा आयोगका सहसचिव ज्ञानहरि घिमिरेले निर्वाचन तयारीका विषयमा प्रस्तुति दिएका थिए । सो अवसरमा आयोगका आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन १४, १५: ००

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन १४, १५: ००

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन १४, १५: ००

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...