प्रतिनिधिसभा निर्वाचन- एक हजार ६१ उजुरी फर्छ्यौट – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

प्रतिनिधिसभा निर्वाचन- एक हजार ६१ उजुरी फर्छ्यौट


काठमाडौं : जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ।

निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्।

प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए। प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ।

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ।

त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन्।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन १६, ०७: ३९

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन १६, ०७: ३९

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन १६, ०७: ३९

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...