मध्यपूर्वको तनावप्रति कांग्रेस सभापति गगनको चिन्ता – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

मध्यपूर्वको तनावप्रति कांग्रेस सभापति गगनको चिन्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।

विभिन्न देशहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्था झन संवेदनशील बनेको उल्लेख गर्दै उनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

‘आफ्नो ख्याल गर्नुहोला,’ भन्दै उनले विदेशमा रहेका नेपाली समुदायलाई संयम र सावधानी अपनाउन अपिल गरेका छन्।

साथै, उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिन र आवश्यक परेमा तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

इसराइल र अमेरिकाले शनिबार इरानमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले इसराइल ‍र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ।

यस्तो अवस्थामा परिस्थिति स्थिर नहुन्जेलसम्मका लागि यात्रा योजना नबनाउन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन १६, २०: १३

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन १६, २०: १३

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन १६, २०: १३

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...