काठमाडौं उपत्यकाका ६ ठाउँमा आज कांग्रेसको चुनावी सभा – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

काठमाडौं उपत्यकाका ६ ठाउँमा आज कांग्रेसको चुनावी सभा


काठमाडौं : नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ।

चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।

दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसबाट पत्रकार कबिर राणा उम्मेदवार छन्।

काठमाडौं-२ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । त्यहाँ कबिर शर्मा कांग्रेसका उम्मेदवार छन्।

काठमाडौं-७ को बालाजुमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्। त्यहाँ प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार छन्।

दिउँसो ३:३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ।

काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति कृष्णसबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।

यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ।

काठमाडौं-४ मा कांग्रेसबाट सचिन तिमल्सेना उम्मेदवार छन्।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन १७, ०७: ३३

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन १७, ०७: ३३

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन १७, ०७: ३३

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...