
विराटनगर : नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेश गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश सदस्य विजय कामत कांग्रेसमा प्रवेश गरेका छन् ।
कामत तत्कालीन माओवादीबाट विराटनगर वडा नं. ६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिष्ट पार्टी विराटनगर महानगर समिति सदस्य सन्तोस साहलगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

डा. कोइरालाको लोकप्रियता बढ्दै जाँदा मोरङ ६ मा पार्टी प्रवेशको लहर नै चलेको छ । यसअघि पनि डा. कोइरालाले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका थिए ।
फागुन १० गते विराटनगर–१२ निवासी उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग बिश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा नगरपालिका वार्ड नं–६ का राप्रपाका स्थानिय नेता डिबी बिक, राजकुमार बिक, लगायत कांग्रेसमा प्रवेश गरेका थिए ।

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...
काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...