कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो ।
ती मध्ये १० वटामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो । ”त्यहाँ अझै मरेका काग भेटिएका छन् । मरेका सबै काग संकलन गर्न कसिएको छैन,” नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् ।मरेका कागमा एचफाइभ एन वान र एच नाइन दुवै भाइरस देखिएको पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताए ।नगरपालिकाले मरेका ६८ कागलाई पुरेको छ । कागमा बर्डफ्लु पुष्टिपछि कुखुरा तथा दाना ओसारपसार नगर्न  नगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०८२ चैत्र ११, ०८: ३२

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...

आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदै
आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदै
  • २०८२ चैत्र ११, ०८: ३२

काठमाडौँ ।विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ...

काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु
काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु
  • २०८२ चैत्र ११, ०८: ३२

काठमाडौं  । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने अभियान सुरु...