अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्धमा जटिलता आउनेः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको बताएका छन् । गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनले सो अभिव्यक्ति दिएका हुन् ।

अमेरिकाले सार्वजानिक गरेको सूचीमा रहेकाहरुलाई प्रतिबन्ध लगाउन सक्ने भन्दै अनावश्यक हस्तक्षेप भएको पुटिनले बताएका छन् । जसमा २१० रुसी नागरिकको नामरहेको बताइएको छ ।
यद्यपि अमेरिकाले २१० जनालाई नयाँ प्रतिबन्ध नलगाइने बताएको छ । रुसी राष्ट्रपति पुटिनले यो मित्रवत काम नभएको र यसले रुस र अमेरिकाबीचको सम्बन्ध अझ जटिल बनाउने बताएका छन् । उक्त विषयको सट्टा रुसलाई आफ्नो पक्षमा र आफ्नो अर्थव्यवस्थामा ध्यान दिन जरुरी रहेको पुटिनले सुझाएका छन् ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०७४ माघ २२, ०८: ५३

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०७४ माघ २२, ०८: ५३

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०७४ माघ २२, ०८: ५३

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...