चार कार्यकाल पुरा गरिसकेका मुख्यमन्त्रीको सम्पत्ति जम्मा ३ हजार ९३० रुपैयाँ मात्र पाईएपछि आश्चर्यचकित भएको छ । भारत त्रिपुराको चार कार्यकाल मुख्यमन्त्री भएका मानिक शंकर फेरी पाँचौ पटक मुख्यमन्त्रीको दौडमा छन् । तर उनीसँग न जमिन छ न घर छ त ३ हजार ९३० भारु मात्र ।
उनले कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह भत्ता ५ हजार बुझ्छन् । ६९ वर्षीय नेतासँग १५२० भारु छ भने उनको बैंक एकाउन्टमा २ हजार ४१० भारु छ । उनको अरु कुनै बैंक बचत छैन ।
उनलाई भारतकै सबैभन्दा गरिब मुख्यमन्त्री मानिन्छ । उनकी पत्नी पांचाली भट्टाचार्य केन्द्र सरकारको अवकास प्राप्त कर्मचारी हुन् । उनीसँग २० हजार १४० भारु नगद छ भने १ लाख २४ हजार १०१ र ८६ हजार ४७३ भारु दुई फरक–फरक बैंकमा छ ।
उनको तीन फिक्स डिपोजिट २ लाख, ५ लाख र २.२५ लाख छ भने २० ग्राम गहना छ । उनको नाममा ८८८.३५ स्क्वायर फिट जमिन छ भने त्यहाँ निर्माण कार्यमा १५ लाख लगानी गरेकी छन् । यो जमिनको अहिलेको मूल्य २१ लाख भएको शंकरले आफ्नो मनोनयन पत्रमा उल्लेख गरेका छन् ।
त्यसैगरी, भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई गोप्य जानकारी चुहावट गरेको आरोपमा सैन्य हिरासतमा लिइएको छ । ग्रुप क्याप्टेन पदमा रहेका ती अधिकारीले संवेदनशील दस्तावेज हासिल गर्ने प्रयास गरेको भन्दै हिरासतमा लिइएको हो । अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए । प्रतिबन्धित उपकरण प्रयोग गरेर महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको जनाईएको छ । हिरासतमा लिइएका ती अधिकारीको परिचय भने खुलाइएको छैन ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...