
काठमाडौँ । बर्दियामा पछिल्ला वर्षहरूमा वन्यजन्तु संरक्षण र मानव जीवनबीचको द्वन्द्वले नयाँ मोड लिएको वताईएको छ । उक्त क्षेत्रमा रहेको संरक्षण पीडित समाज बर्दियाका युवाहरूले सँरक्षणमा ध्यान दिन भन्दै उनीहरले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरूलाई प्रत्यक्ष जवाफदेही बन्न आग्रह गरेका छन । यसरी सँरक्षणविच हराउदै गएको मानविय सुरक्षालाई विशेष ध्यान नदिदा भविस्यमा मानविय सँवेधनशिलता नै हराउदै जाने चिन्ता युवाहरुमा वढेकोले तत्काल सँघसस्थाहरुलाई विशेष ध्यान दिन उनीहरुले जोडदार माग पनि गरेका छन ।

सो समूहका अनुसार २०१९/२०२० यता बर्दिया क्षेत्रमा मात्रै ४७ जनाको ज्यान गएको वताईएको छ । TX2’ नामक बाघ संख्या दोब्बर पार्ने अभियान अवधिमा देशभर ६८ जनाले ज्यान गुमाएका उनीहरुले वताएका छन । यस्ता मानविय सँवेधनामा ध्यान नपुर्याउदा मानवजातीको नोक्सानीलाई उनीहरूले ‘प्राकृतिक दुर्घटना’ नभई योजनागतगत त्रृटिको परिणाम भएको आरोप लगाएका छन्।

वर्दियाका युवाहरुको एउटै आरोप छ—संरक्षणका नाममा बाघको संख्या १८ बाट १२५ पुर्याउन कृत्रिम हस्तक्षेप गरियो, पानीका मुहान निर्माण गरिए, घाँसे मैदान व्यवस्थापन गरियो, जसले बाघलाई मानव बस्तिसम्म आउन वाध्य वनाउदा मानिसहरु र बाघ नजिकिदा उस्ले मानिसमाथी आक्रमण गर्यो , बाघलाई जिस्काउन जस्तो भयो र दुर्घटना निम्त्यियो यस्ता सँवेधनशिल कुराहरु सरकारी तथा गैर सरकारी निकायहरुको ध्यान जान जरुरी भएको सम्वन्धित क्षेत्रका युवाहरुले गरेको चासोलाई अतिनै महत्वपुर्ण रहेको छ । उनीहरुद्धारा जारी गरिएको वक्तव्यमा नेपालमा रहेका सरकारी तथा गैर सरकारी
निकायहरु WWF, ZSL, NTNC, IUCN, DNPWC र समाज कल्याण परिषद्को भूमिकामाथि निकै ठूलो प्रश्न उठाएका छन्। अझ गम्भीर आरोप त अन्तर्राष्ट्रिय दाताहरू माथी छ—जसले ठूलो रकम खर्च गरे पनि समुदाय सुरक्षामा लगानी नगरेको बताइएका छन ।

त्यसकारण यस्लाई आन्दोलनको रुपमा अगाडि वढाउदै यसको नेतृत्व युवा पुस्ताले गर्नेहुदा , जसले आफ्नै पुस्ताका साथी, परिवार सदस्य गुमाएका छन् उनीहरुको नेतृत्व वाट सँभव हुने हुदा पिडितहरु थाकिसक्दा पनि भावना पोखेर दुःख, आक्रोश र न्यायको माग गरिरहेका छन ।
सो समूहले १४ दिनभित्र सार्वजनिक स्वीकारोक्ति, ३० दिनभित्र आपतकालीन सुरक्षाका उपायहरु र ६० दिनभित्र स्वतन्त्र समीक्षा गर्नुपर्ने माग अघि सारेर स्पष्ट पारेका छन ।

यसरीबर्दियाको यो समस्यालाई अन्तर्राष्ट्रिय करण गरेर स्थानीय मुलुक भन्दा बाहिर पुराउदै १६० भन्दा बढी अन्तर्राष्ट्रिय निकायमा पत्र पठाएको जानकारी गराउदै युवाहरूले संरक्षणको परम्परागत मोडेलको माथिनै प्रश्नचिन्ह खडा गरिदिएका छन ।उनीहरुको एउटै प्रस्न छ – संरक्षण कसका लागि ? मूल्य कति हो ?

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...