साउथ सुडान जातिय द्वन्द्वमा थला परेको कान्छो मुलुक – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

साउथ सुडान जातिय द्वन्द्वमा थला परेको कान्छो मुलुक

दामोदरप्रसाद दवाडी, रुम्बेक (साउथ सुडान)

साउथ सुडानको मध्ये भागमा रहेको रुम्बेक लेक स्टेट नामाकरण गरिएको छ । रुम्बेक लेक स्ट्रेटबाट कुनै पनि अन्य मुलुकसँग सिमाना पर्दैन । साउथ सुडानको यो लेक स्टेट एकमात्र कुनै पनि राष्ट्रसँग सिमाना नगासिएको स्टेट हो । यो स्टेटको क्षेत्रफल ४३५९४ः०८ वर्ग कि.मि रहेको छ । यसको दक्षिण साइडमा केही साना साना पहाडहरु छन् भने उत्तर तर्फको भाग समथर मैदान रहेको छ । दक्षिण तर्फको स–साना पहाडहरमा घांसपातले हरिया भएको हुँदा रमणिय देखिन्छ । यहाँका अधिकांश जमिनहरु घाँसे मैदान र सिमसार क्षेत्रले ओगटेको छ । रुम्बेकको कुनै पनि समथर मैदान होस् या पहाडी क्षेत्रमा बालीनाली लगाउने चलननै छैन् । जताततै ठूलाठूला घांस उम्रेका छन् । सुडानी जनतालाई खाली मैदान वनजङ्गलमा कुनै पनि खेतीपाती तथा बोटविरुवा रोप्नुपर्छ भन्ने पत्तो नै छैन । कोही पनि खेती किसानी देखिदैनन् । सुडानी जनतालाई खेती गर्नुपर्छ भन्ने थाहा नै छैन । उनीहरुले जानेको भनेको गाई गोरु पाल्न र घांस उमारेर त्यही घांसमा गाई चराउने बाहेक अरु केही जान्दैनन् । समथर मैदानहरुमा छरिएर वस्ती बसाएका छन् । प्रायजसो वस्तीहरु राजमार्गको छेउछाउमा रहेका छन् । धेरै वस्तीहरु छरिएर रहेका कारण र राजमार्ग वरीपरी भएका कारण सुरक्षा प्रदान गर्न केही मात्रामा सहज देखिन्छ । २०१२ मा साउथ सुडान १० वटा स्टेटमा मात्र विभाजन गरिएकोमा २०१६ मा जातिय विभाजनका कारण ३२ वटा बनाईएको छ । त्यसैगरी यो लेक स्टेटलाई ३ टुक्रा पारेर ३ वटा स्टेटमा विभाजन गरिएको छ । जसअनुसार इस्टर्न लेक स्टेट, ९भ्ीक्० वेस्टर्न लेक स्टेट ९ध्ीक्० र गक स्टेट भनेर नामाकरण गरिएको छ । विकास निर्माण कार्य प्रायजस्तो ठप्प भएका कारण यहाँ हाईवे सडक कुनै पनि पक्की छैनन् ।

यो स्टेटमा पर्ने प्रमुख सडकनै हाईवे सडक हो । हाईवेका सडकबाट साउथ सुडानको राजधानीबाट अन्यन्त्र क्षेत्रमा आपूर्ति ÷ सरसामानहरु ओसारपसार गर्ने गरिन्छ । यो सडकलाई लाईफ लाईनको रुपमा लिईएको छ । त्यसैगरी रुम्बेकबाट ११० कि.मी मा रहेको पेरिल रोड, रुम्बेकबाट १०९ कि.मी मा पर्ने मेयर रोड हुदा सवारी आगमनदेखि युएन मिसनका ठूला गाडी बन्दोवस्ती सरसामानहरु एक ठाउँबाट अर्को ठाउँमा सार्न कठिन रहेको छ । एकातिर गाडी लगायत बन्दोवस्तीका सरसामान ओसारपसार कठिन त छदैछ ।

त्यसैगरी, यूएन मिसनका लागि प्रयोग गरिएका गाडी अत्याधुनिक मेसिनगन भएका मेसिनरी गाडीहरु समेत सडकका दुरअवस्थाका कारण बिग्रने गरेको पाईएको छ । ति ठूला लडाईका लागि प्रयोग गरिने बन्दोवस्तीका सरसामान बिग्रेको अवस्थामा नेपाली सेना माथि ठूलो जोखिम हुन सक्ने अनुमान गर्न सकिन्छ । रुम्बेकमा करिब ७ लाख जनसंख्या रहेको छ । जसअनुसार ८५% डिङका जाति, नुरवेली ६% वडर्गा ४% अन्य ५% रहेका छन् । यहाँ मुख्य डिङका जातिको बाहुल्यता भएको हुँदा अन्य जाति डोमीनेट छन् । तर डिङका जातिहरु नै उपजातिहरुको स–साना गुटहरुबिच घम्साघम्सी र काटमार हुने गर्दछ ।

सुडानी जनतामा पुरानो रिस साध्ने र परम्परागत रितिरिवाजलाई बढी मान्यता दिने काम गर्दछन् । पुरानो रिसिइवी सधै लिईरहने र हजुरबुबा मारेको रिसिइवी नातीपनाती सम्म पनि नछाड्ने उनीहरुको परम्परा रही आएको छ । नातीको पालासम्म पनि रिभेन्स लिने प्रचलन रही रहेको हुँदा कुनैपनि बेला लडाई हुने गर्दछन् । उनीहरुको मुख्य काम भनेको गाई गोरु पाल्ने चलन मुख्य आम्दानीको स्रोत हो । सुडानीहरु बाहुबाजेदेखी गाई गोरु पाल्दै आइरहेको हुँदा कम्तीमा एक परिवारले २५ देखि १५० वटा गाई गोरु पाल्ने गर्दछन् । सुडानीहरु छोरी पाउँदा खुशी हुने गर्दछन् । किनकी छोरीलाई विवाह गरेर पठाउँदा केटा पक्षले केटी पक्षलाई गाई गोरु दिने होडबाजी चल्छ र जसले बढी गाई गोरु दिन्छ त्यसैलाई छोरीको विवाह गरेर पठाउने चलन चल्दै आएको छ । छोरी दिँदा कम्तीमा पनि ५० वटा देखी १५० वटा गाई गोरु केटा पक्षले बुझाउनु पर्दछ । केटा पक्षले त्यसरी दाइजो केटी पक्षलाई बुझाएपछि केटा पक्षले घरमा कुनैपनि काम गर्दैनन् र त्यही विवाह गरेर लेराआएको केटी मान्छेले सबै काम गर्नुपर्दछ किनकी केटा पक्षले दाईजो बढी बुझाएर लेराएको कारण त्यस केटीले सबै काम गर्नुपर्ने मान्यता राख्दछन् । त्यसैले केटी मान्छेहरु निकै टाढासम्म एक्लै हिडडुल गर्ने र काम खोज्ने गर्ने गर्दछन् । यसरी हिड्दा एकातिर सानो झोलुगो बनाएर बच्चा बोक्ने गर्दछन्, भने अर्को साइडमा हतियार बोकेर हिँडिरहेका हुन्छन् ।

राजनैतिक अवस्था


राजधानीदेखी ३८५ कि.मी टाढा मध्येभागमा रहेको रुम्बेक वरपरको ३ वटा स्टेटमा छुट्टाछुट्टै गर्भनर नियुक्त भएका छन् । त्यस स्टेटमा सुडान पिपुल्स लिवरेसन मुभमेन्ट ९क्एीब्० को बाहुल्यता भएको हुँदा एसपीएलएकै गर्भनर नियुक्त भएता पनि राज्य सञ्चालनमा निकै कठिन देखिएको छ । भौतिक पूर्वाधारको कमीका कारण राज्य सञ्चालन अपेक्षा गरे अनुसार प्रगति हुन सकेको छैन् ।
राज्य सञ्चालनमा भौतिक संरचनाको कमीका कारण प्रगति सुन्य जस्तै छ । सडकको अवस्था निकै कमजोर, जनताको आर्थिक अवस्था कमजोर, राज्यको सिमाना विवाद कायमै, सरकारी निकायमा काम गर्ने कमचारीदेखी सेना प्रहरीले मासिक तलव नपाउने लगायत विविध समस्या समाधान हुन सकिरहेको छैन । महिनावारी तलव समेत समयमा नपाउने हुँदा लुटपाट, चोरी डकैती बढेको बढ्यै भईरहेको छ ।

दैनिकी उपभोग्यका खाद्यान्न तथा सरसामानहरु आपूर्ति नहुँदा विदेशबाट आएका सरसामानको मूल्यबृद्धि कालोबजारी लगायत सुडानी जनताको दैनिकी निकै कष्टकर देखिन्छ । यूवाहरुको बेरोजगार दिनानुदिन बढ्दै गएको छ । देशभित्रै कुनै ठूला कलकारखाना तथा उद्योगहरु नभएको हुँदा शिक्षा पाएका केही महिला तथा यूवाहरु बेरोजगार छन् । उनीहरुसँग पैसाको जोहो गर्ने कुनै पनि उपाए नै देखिदैन । भएका उद्योगहरु पनि धमाधम बन्द हुँदै गएका छन् । विस्थापितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । त्यसैले अहिले सम्मको सुडानको डाटा हेर्ने हो भने १,४०,००० भन्दा बढी जनता विस्थापित भएका छन् ।

अन्तरद्धन्द्ध दिनानुदिन बढ्दै गएका कारण सुडानी जनता असुरक्षित बन्दै गएको महसुस गर्छन । तर हुनेखानेले र सर्वसाधारण जनताले पनि आफ्नो सुरक्षाका लागि भन्दै सानादेखी ठूला हतियार, अत्याधुनिक हतियार राख्ने चलनले गर्दा सेना, प्रहरीहरुको भन्दा जनतासँग बढी हतियार रहेको अनुमान गरिएको छ । सरकारी सेना अर्थात एसपीएलस को बाहुल्यता बढी भएता पनि विद्रोहीहरुले बेलाबेलामा लडाई गरीरहन्छन् । तर, हाल केही मात्रामा लडाई कम भईरहेको देखिन्छ । एसपीएलए.आईको उपस्थिति हाल निकै न्यून भएको हुँदा झै झगडामा कमी आएका हुन सक्छ । शान्त देखिए पनि प्रायजसो सुडानी जनता हातहतियार बोकेर हिँड्ने हुँदा नेपाली सेनाको डफाले चौबिसै घण्टा गस्ती गर्नुपर्ने बाध्यता छ ।

नेपाली सेनाको प्रशंसनीय कार्य

रुम्बेक स्थित लेकस्टेटमा अन्य देशका सैन्य फौजहरु देखिदैनन् । यहाँ नेपाली सेनाको ७०० नेपाली सेनाको फौजले झण्डै ७ लाख सुडानी जनतालाई सुरक्षा प्रदान गर्दै आएको छ । यहाँ सन् २०१२ देखि हालसम्म ७०० नेपाली सेनाको फौजले शान्ति स्थापनाको लागि कार्य गर्दै आएको छ । हाल यहाँ रिपुमर्दन गणको कमाण्डले सुरक्षा व्यवस्था सम्हाली राखेको छ । गणका गणपति कर्णेल अन्जन केशर खत्रीका अनुसार साउथ सुडानमा नेपाली सेनाले दैनिक संयुक्त राष्ट्रसंघको बन्दोबस्तीका सामानहरुको सुरक्षा तथा ओसारपसार, सडक निर्माण लगायतका कार्य गरेर सुडानी जनताहरुसँग आत्मीयता बढाउने कार्य गरिराखेको छ । उनी भन्छन्, “हामी नेपाली सेना जुनसुकै अप्ठेरो काम गर्न पनि तमतयार भएर बसिराखेका छौं । यो मिसनमा नेपाली सेनाको पहिचान भनेकै जति अप्ठेरो कामबाट पनि पछि नहट्ने नै हो ।

यहाँ नेपाली सेनाले गर्न नसकेको काम अन्य सेनाले गर्न सक्दैन । जुनसुकै कठिन काम पनि नेपाली सेनाले पार लगाउन सक्षम छ भन्ने कुरा यूएन मिसनको हेडक्वार्टरलाई पनि थाहा भएकोले उनीहरु हामीसँग खुसी छन् ।” नेपाली सेनाको पहिचान भनेको नै इमान्दारीता र बहादूरी नै हो । त्यसैले नेपाली सेनाको मिसन जहाँ गए पनि सबैको प्रशंसनीय र प्रिय बन्न सफल हुन्छ । जुन नेपाली सेना र नेपाल देशकै लागि गर्वको कुरा हो ।”
साउथ सुडानमा संयुक्त राष्ट्रसंघले युद्धका क्रममा विस्थापित भएकाहरुलाई ‘ओपिसी मिसन’ अन्तर्गत सुरक्षा प्रदान गर्ने कार्यमा पनि नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रपति साल्भाकिरको सेना एसपीएलए र उपराष्ट्रपति रियक मचारको एसपीएल.आई दूईवटा विद्रोही सेनाबीचको युद्धका कारण सुडानी जनता खतरा र जोखिममा रहेकोले तिनका सुरक्षाका लागि जुवा स्थित ओपिसी क्याम्प बनाएर राखिएको छ । आन्तरिक शरणार्थीको रुपमा बसेका ती सर्वसाधरणलाई सुरक्षा दिनु, खानपिनको व्यवस्था मिलाउने लगायतका सबै जिम्मेवारी नेपाली सेनाको काँधमा छ ।

त्यसैगरी विश्व खाद्य कार्यक्रम अन्तर्गत सुडानी जनताका खाद्य सामाग्रीको सुरक्षा दिएर आवश्यक पर्ने स्थानहरुमा ओसारपसार तथा वितरण गर्ने कार्यमा समेत सहयोग पु¥याउने लगायतका अन्य थुप्रै जिम्मेवारी नेपाली सेनाले सफलतापूर्वका निर्वाह गर्दै आएको साउथ सुडानको स्थलगत भ्रमणमा बुझ्न सकिन्छ ।

 

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ कार्तिक २८, १०: ३५

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ कार्तिक २८, १०: ३५

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ कार्तिक २८, १०: ३५

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...