सरकार गठबन्धनमै अल्मलियो ! – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सरकार गठबन्धनमै अल्मलियो !

वामगठबन्धनको संघीय सरकार निर्माण भएको करीब दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । उता प्रदेश सरकार पनि अलमलमानै रही रहेको छ । कुनै प्रदेशमा ३ जनाको मन्त्रीमण्डल त कुनैमा ६ देखि ७ सदस्यीय मन्त्री मण्डल विस्तार भैइराखेको छ । २ नं. प्रदेश बाहेक ६ वटा प्रदेशमा वामगठबन्धनको सरकार गठन हुने स्पष्ट हुँदाहुँदै पनि यतिका लामो समयसम्म प्रदेश सरकारले समेत पूर्णता नपाउनुले वामगठबन्धनभित्र आपसी खिँचातानी रहेको स्पष्ट हुन्छ ।

संघीय सरकार निर्माणमा भएको झमेलाको असर प्रदेशमा समेत परेको स्पष्ट देखिएकोले जनता निरास हुन पुगेका छन् । दवै पार्टी एउटै भन्दै जनतासँग मत मागेका एमाले, माओवादी पार्टीले यतीको लामो समयसम्म प्रदेश सरकारको पूर्णता नहुँदा शिशु प्रदेश सभा कतै ओझेलमा त पर्दैन, शंका उपशंका उब्जिएको छ । प्रदेश सरकारले गर्नुपर्ने कार्य सबै अबरुद्ध भइरहँदा प्रदेशको विकासमा समेत असर पर्ने देखिन्छ । प्रदेश सरकारबाट गर्नुपर्ने नीति नियम र कानुनको अभावका कारण प्रदेश संसद समेत बस्न सकेको छैन् । यसरी प्रदेश संसद काम बिहिन हुनु भनेको विकासको ढोका बन्द हुनु जस्तै हो । त्यसैले प्रदेश सरकार निर्माण हुन् किन र कसरी ढिलाई हुन पुग्यो ? त्यसको जवाफ वामगठबन्धनको सरकारले आम जनतालाई बुझाउँनुपर्ने हुन्छ ।

निर्वाचन सकिएको झण्डै ४ महिना बितिसकेको अवस्थामा प्रदेश सरकारले पूर्णता नपाउनु राजनैतिक दलहरुको अपरिपक्वता नै हो । लहरवाजीले मुलुक चल्दैन, नीति र नियमले चलाउने राज्यका अंगहरुमा व्यक्तिको लहरले दीर्घकालिनसम्म स्थिरता आउन सक्दैन । त्यसैले मुलुक चलाउन भिजन र स्पष्ट खाका तयार गरेर अगाडीको यात्रामा लाग्नुपर्ने हुन्छ । त्यसैले जतिसक्दो चाँडो प्रदेश सरकारलाई पूर्णता दिएर प्रदेश सरकारले गर्ने काम कर्तव्य अधिकारको छिनोफानो गर्न सकेमात्र शिशु प्रदेशसभाले स्थायित्व पाउने छ । प्रदेश सभाको हरेक निर्णय उक्त प्रदेशको विकासका लागि मद्दत पुग्नेछ । तर अहिले त प्रदेश सरकार समेत अल्मलिएको अवस्था छ ।

वामघटकबाट ने.क.पा एमालेका के.पी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका २ हप्ता बितिसक्यो भने २ चरणमा मन्त्री परिषद्को विस्तार हुँदा पनि पूर्णता पाउन सकेको छैन । पहिलो चरण ३ सदस्यीय त्यसपछि सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका प्रधानमन्त्री के.पी शर्मा ओलीले मधेशवादीका उपेन्द्र यादव सत्तामा ल्याउन पहल गरेकाले पनि १ हप्ता भन्दा बढी भएको छ ।

तर यसले पूर्णता पाउन सकेको छैन । सधै पावरफुल र ठूलो मन्त्रालयको बार्गेनिङ्ग पावर बढाईरहने मधेशवादी दलसँग कुरा मिलेन भने के सरकार अगाडी बढ्दैन त ? सरकार अगाडी नबढ्दासम्म संघीय संसदको काम अगाडी बढ्न कठिन हुन्छ । संघीय संसदको सरकारले पूर्णता नपाएका कारण प्रदेश सभाको काममा समेत ढिला भैईरहेको छ । किनकी पटकपटक बोलाइएको प्रदेशसभा बैठक समेत पटकपटक सूचना टाँस गर्दै सारिदै गरिएको छ । यसले गर्दा देशको समग्र विकासमा समेत वामगठबन्धनले जनता समक्ष गरेको वाचा पुरा नगर्ने हुन की भन्ने आशंका बढ्दै गएको छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ फाल्गुन २१, ०८: ५६

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ फाल्गुन २१, ०८: ५६

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ फाल्गुन २१, ०८: ५६

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...