धार्मिक स्वतन्त्रताको उच्छ्रङ्खल अभिव्यक्ति – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

धार्मिक स्वतन्त्रताको उच्छ्रङ्खल अभिव्यक्ति

लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानले व्यवस्था गरे अनुसार नेपालका हरेक नागरिकलाई धार्मिक स्वतन्त्रताको मात्र अधिकार दिएएको छ । यहाँ विभिन्न जातजातिहरुलाई आ–आफ्नो धर्म, संस्कृति अनुसार रितिरिवाज, धर्मकर्म गर्न स्वतन्त्रता प्रदान गरिएको छ । देशभर जातिय विचारको आधारमा कसैलाई दबाब सिर्जना गर्न, जबर्जस्ती धर्म परिवर्तन गराउन, एउटा जातिले अर्को जातिलाई होच्याएर अथवा हेप्ने कार्य गर्न भने कसैलाई अधिकार दिइएको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल वर्तमान अवस्थामा करिब १२४ जातजाति र भाषाभाषीहरु रहेको अवस्थामा सबैले आफ्नो जात अनुसार धर्म संस्कृति भाषा अनुसार बोलीचाली गरि रहेको फुलबारीमा केही स्वनामधारी नेता तथा जातियता भन्दा माथि उठ्न नसकेका केही सिमित नेताहरुले नेपालको जातिजातिलाई भड्काउने र धार्मिक स्तन्त्रतामाथि नै धावा बोली रहेका छन् ।

माथिल्लो पदमा बसेका नेताहरुलाई राज्यले तत्काल कार्वाहीको घेरामा ल्याउन सक्नुपर्दछ । गएको हप्ता पदिए दायित्व बिर्सेर प्रदेश उपसभामुखद्वारा राष्ट्रिय जनावरको विषयमा दिएको अभिव्यक्तिले हिन्दू धर्मालम्बीहरुका भावनामा चोट पु¥याएको छ । यो धार्मिक स्वतन्त्रता र जातिय सदुभाव भड्काउने दुष्प्रयास भएको संज्ञा दिइएको छ । निकै खेदजनक छ । नेपालको संविधानले कहिकतै पनि जबरजस्ती कसैलाई धर्म परिवर्तन गराउन, जातजाति माथि धावा बाल्ने कार्यलाई छुट दिएको छैन ।

उपसभामुख जस्तो व्यक्तिबाट समाजमा अशान्ति र सद्भाव खलबल्याउने खालको अभिव्यक्ति नेपाली जनतामाझ आउनु भनेको जनताको मतको अपहेलना गर्नु हो । यस्ता व्यक्तिले राष्ट्रहित गर्छन भन्ने कुरामा विश्वस्त हुने अवस्था रहँदैनन । त्यसैले नेपालको संविधानले निर्दिष्ट गरेका अभिव्यक्ति स्वतन्त्रताको अपव्याख्या गर्दै जाने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रादेशिक संरचनादेखि केन्द्रीय संरचनासम्म विभाजनको रेखा कोरिन सक्छ । यसको बेलैमा उपचार गरिनु पर्छ ।

हामीले देखेका छौं विभिन्न मुलुकहरु जातिय द्धन्द्ध र धार्मिक युद्धका कारण भताभुङ्ग भएका छन् । सधै लडाई, झगडा भई रहेका छन् । सुडानको उदाहरण हेर्ने हो भने त्यहाँ जातिय झगडाले देशनै टुक्रिन पुग्यो र अहिले आएर प्रदेशको नाममा तनाव सिर्जना भएको छ । एक जातले अर्को जातिलाई नमान्ने हुँदा तनावग्रस्त स्थिति रहिरहेको छ । त्यसैले जातिय द्धन्द्ध भड्किँदा मुलुक नै विखण्डनको बाटोमा उन्मूख हुन सक्छ, सबैले त्यसतर्फ सतर्क हुन जरुरी छ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७४ चैत्र १९, ०९: ५३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७४ चैत्र १९, ०९: ५३

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७४ चैत्र १९, ०९: ५३

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...