नव वर्षसँगै सरकारसँगको अपेक्षा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नव वर्षसँगै सरकारसँगको अपेक्षा

२०७४ साल हामीबाट विदा भएको छ । नयाँ वर्ष २०७५ सालको आगमन भईरहँदा हाम्रा पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता एवम् समस्त नेपाली दिदीबहिनी, दाजुभाईहरुमा नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । हामीले प्रकाशनको आरम्भदेखि पाउँदै आएको सद्भाव कायम राख्न हाम्रो प्रयत्न जारी रहने विश्वास दिलाउन चाहन्छौं ।

नेपाली सञ्चारमाध्यमले नेपालको राजनैतिक परिवर्तनमा खेल्दै आएको भूमिका नेपाली जनतामाझ छर्लङ्ग छ । त्यसैले नेपाली सञ्चारमाध्यम अझ बढी जिम्मेवार भएर जवाफदेही र व्यवसायिक बन्दै जानुपर्ने दायित्व हाम्रो काँधमा छदैछ । नेपालको राजनैतिक स्थायित्वका लागि नेपाली सञ्चारमाध्यम बढी चनाखो भएका कारण नयाँ संविधान पूर्ण रुपमा कार्यान्वयन हुँदै गएको छ । २०७४ सालमा तीन चरणको निर्वाचन सम्पन्न भयो ।

अहिलेको अवस्थामा संविधान अनुसार स्थानीय सरकार निर्माण, प्रदेश तथा प्रतिनिधिसभाको गठन लगायत ५ वर्षसम्म स्थायी सरकार निर्माण भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष लगायत निर्वाचनका काम सबै पुरा भएको छ ।

ऐतिहासिक वर्ष २०७४ हामीबाट विदा भईरहँदा नेपाली राजनैतिक दलहरुमा पनि आपसी सद्भाव, एकता तथा मुलुकप्रति जिम्मेवारी बढेको छ । अब मुलुकले राजनैतिक स्थायित्व पाउने खालको वातावरण बन्ने अपेक्षा नेपाली जनताले गरेका छन् । बहुमत प्राप्त सरकारले प्रमुख प्रतिपक्षी तथा सरकार दुवैलाई मिलाएर राजनैतिक गतिविधि अगाडी बढाउने अपेक्षा नेपाली जनताले लिएका छन् ।

हिजोका दिन जस्तो संसदमा मारपिट, संसद अबरुद्ध तथा वर्षै पिच्छे सत्ताको फोहरी खेलबाट मुलुकले निकास पाउने नेपाली जनताको अपेक्षा रहेको हुँदा मुलुक समृद्धिको बाटोमा अगाडी बढ्ने अपेक्षा छ । बहुमत प्राप्त सरकार गठन भएर करीब करीब सरकारले पनि पूर्णता पाइसकेको अवस्थामा सरकारको नेतृत्वकर्ता पार्टी एमालेले हिजोका दिनलाई बिर्सेर नयाँ बाटोको खोजी रहँदा सहमति र सहकार्यको मुलमन्त्रको बाटो छाड्न हुँदैन ।

नयाँ सरकारले ल्याएको आर्थिक समृद्धिको नारा नारामा मात्र सिमित हुनु हुँदैन । साँच्चै मुलुकले आर्थिक उन्नति तिर लम्कनै पर्छ । राजनैतिक प्रतिसोध लिएर सरकार अगाडी बढ्नु हुँदैन । सरकारले नेपाली जनतालाई केन्द्रविन्दु बनाउनु पर्दछ । किनकी निर्वाचनको बेलामा नेपालका राजनैतिक दलले नेपाली जनतामाझ गरेका वाचा र प्रतिबद्धताहरुलाई पुरा गराउने लक्ष्यमा राजनैतिक दलहरु लागे मात्र भविष्य राम्रो हुनेछ ।

नत्र निर्वाचनको क्रममा गरेका वाचा र प्रतिबद्धताहरु पुरा गर्न गा¥हो हुनेछ । स्थानीय निकायदेखि प्रदेश सरकार हुँदै प्रतिनिधि सभासम्म वामपन्थी सरकारका बहुमत भएको हुँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अहिले चुप लागेर बसेको अवस्था छ । सरकारको प्रमुख जिम्मेवारी भनेको पूर्ण रुपमा संविधान कार्यान्वयन गराउने हुँदा नयाँ बन्ने ऐन कानुनदेखि नीति निर्माणमा समेत प्रमुख प्रतिपक्षीको सहमति लिन सकेमा राजनैतिक वातावरण सहज हुन सक्छ । राष्ट्रिय नीतिमा प्रतिपक्षीको पनि एउटै स्वर आउन अत्यावश्यक छ ।

त्यसैले नयाँ वर्ष २०७५ लाई राजनैतिक दल, बुद्धीजिवी, सञ्चारमाध्यम लगायत सबै मिलेर समृद्धि र आर्थिक उन्नतीको बाटोमा लम्काउन सक्नु पर्दछ । सबै भन्दा बढी जिम्मेवार सरकार भएको हुँदा सरकारले नयाँ वर्ष २०७५ लाई राष्ट्रिय सहमति र सहकार्यको रुपमा लिन सकेमा मात्र देशले सुखद बाटो पहिल्याउन सक्नेछ । अन्यथा गफ र भाषण गरेर समृद्धि पनि हुँदैन, आर्थिक उन्नतीको लागि गरिएका भाषणको कार्यान्वयन हुनुपर्दछ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ बैशाख ३, १०: १२

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ बैशाख ३, १०: १२

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ बैशाख ३, १०: १२

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...