छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपालको राजकीय भ्रमण सकेर स्वदेश फर्कनु भएको छ । करिब चार वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटकको नेपाल भ्रमण निकै चर्चा र राजनैतिक वृत्तमा पनि चासोको विषय रहन पुग्यो । राजकीय भ्रमणको साथै तिर्थाटनलाई विशेष प्राथमिकता दिइएको यस पटकको भ्रमणमा मोदीले जानकी मन्दिरको दर्शन, मुक्तिनाथको दर्शन, पशुपतिनाथको दर्शन लगायत धार्मिक तीर्थस्थललाई विशेष प्राथमिकता राखेर यो भ्रमण धार्मिक, साँस्कृतिक क्षेत्रको विकासमा भारतको विशेष चाख रहेको भन्ने सन्देश पूर्ण रुपमा दिन मोदी सफल भएका छन् ।
तीर्थाटनलाई विशेष प्राथमिकता दिएता पनि यस पटकको मोदीको भ्रमण राजनीतिक वृत्तमा निकै ठूलो महत्वका साथ हेरिएको थियो । छोटो तर निकै महत्वपूर्ण राजनीतिक भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन विशेष भूमिका खेलेको पाइन्छ । पहिलो पटक १७ वर्षपछि मोदीको नेपाल भ्रमणले नेपाली जनता र भारतीय जनताबीच आत्मियताको सम्बन्ध रहेको प्रमाण पेश गर्न सफल भएका मोदी सडकदेखि सदनसम्म हाइहाइ भएका थिए । तर दोस्रो पटक सार्क शिखर सम्मेलनको बैठकमा भाग लिन नेपाल आउँदा भने त्यति उत्साह र उमङ्ग भने देखिएको थिएनन् ।
तत्कालीन अवस्थामा भुकम्पको मार सँगसँगै १३५ दिने नाकाबन्दीले नेपाली जनताको जीवनस्तर निकै कष्टपूर्ण बनाएको हुँदा भारतका प्रधानमन्त्री मोदी र भारतप्रति नै नेपाली जनता निकै आक्रोसित भएका थिए । भारतमा नेपालको संविधानको गलत व्याख्या र मधेश केन्द्रीत दलहरुले भारतलाई खुसी पार्न नाकामै बसेर गरेको आन्दोलनले गर्दा नेपाली र भारतीय जनताबीच सदियौ देखिको धार्मिक, साँस्कृतिक एवम् आत्मीयतालाई समेत खलबल्याउने गरी भएको प्रचारबाजीले नेपाल भारत सम्बन्धमा निकै चिसोपन आएको थियो । तत्कालीन अवस्थामा नेपालको राजनीतिक तरलता र संविधान निर्माणको क्रममा देखिएको असमझदारीलाई समयमै सल्ट्याउन नसक्दा नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको हो । तर त्यो अवस्था अब रहेन ।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीले चार वर्षमा तीन तीन पटक नेपालको राजकीय भ्रमण गरेर पटक पटकको सम्झौता र आपसी हितका विषयमा दुइ देशका राष्ट्र प्रमुखहरुले संयुक्त, वक्तव्य निकालेर गरेको प्रतिबद्धताप्रति शंका उपशंका गर्नुभन्दा पनि गरेका सहमतिलाई कार्यान्वयन गराउनुनै मुुख्य उद्देश्य बनाउनुपर्छ । यस पटकको भ्रमणले पनि १६ बुंदे संयुक्त वक्तव्यको कार्यान्वयन गराउन दुवै देशका प्रधानमन्त्रीहरुले प्रतिबद्धता जनाएको छन् । तिर्थाटनलाई महत्व दिएको यस पटकको राजकीय भ्रमणमा दुई देशबीचको मित्रता, वाटर इनलाइनको सहमति, सामाजिक र आर्थिक साझेदारीमा विस्तार, दुइ पक्षीय व्यापार, जनता–जनताबीचको कनेक्टीभिटी, हवाई मार्गको विकास लगायत रेलमार्गमा प्राथमिकताका कुराहरुलाई जतिसक्दो चाँडो टुंङ्गोमा पु¥याउने सहमति भएको देखिन्छ ।
यस पटकको भ्रमणमा सबैभन्दा ठूलो जलविद्युत् परियोजना अरुण तेस्रो ९ सय मेघावाटको यंयुक्त सिल्यान्यास भएको छ । यसले नेपालमा भएको जलविद्युत परियोजनाप्रति भारतको चासो रहेको र नेपालले अहिलेसम्मकै ठूलो मेघावाटको योजना थालनी गर्ने अवसर पाउने देखिन्छ । यी यस्ता ठूला परियोजना, विगतमा भएको सहमति लाई कार्यान्वयनमा पु¥याउन सके नेपाल भारत सम्बन्ध पुनः पुरानै स्थितिमा पु¥याउन सकिन्छ । पटक पटक सहमति गर्ने र कार्यान्वयनको पक्षमा भने अगाडी नबढ्ने हो भने न त विकास निर्माणले प्राथमिकता पाउँछ, न त नेपाली जनता र भारतीय जनताबीच चिसिएको सम्बन्धमानै सुधार आउँछ । त्यसैले यस पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई सार्थक बनाउन नेपाल सरकारले पनि इमान्दारीका साथ राजनीतिक सहकार्य र सहमतिलाई अगाडी बढाउन सक्नुपर्दछ ।
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...
१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...