कुनैबैला दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपेको देश अब लोडसेडिङमुक्त बनेको छ । नेपाल विद्युत प्राधिकरणले कुलमान घिमिङको नेतृत्वमा नेपाललाई लोडसेडिङ्ग मुक्त देश बनाउन सफल भएको हो । प्राधिकरणले गत साता औद्योगिक क्षेत्रमा हुँदै आएको दैनिक तीन घण्टा लोडसेडिङ हटाएसँगै मुलुक अब लोडसेडिङ “फ्रि जोन” भएको छ । प्राधिकरणले गत वर्षदेखि नै घरायसी कामकाजका लागि गरिएको लोडसेडिङ्ग हटाएको थियो भने औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ्ग पनि गत साताबाट अन्त्य गरेको छ । अब मुलुकमा कुनै पनि बहानामा लोडसेडिङ्ग नगरिने पनि प्राधिकरणले जनाएको छ ।
जलस्रोतको धनी देश नेपाल दिनमा १८ घण्टासम्म विजुलीविहीन हुने गरेको कुरा अब एकादेशको कथा बनेको छ । वर्षायाममा बाढी पहिरोले जलविद्युत आयोजनामा क्षति प¥याएको नाममा विजुली दिइन्नथ्यो भने अन्य मौसममा पानीको वहाव कम भएर विजुली उत्पादनमा कमी भएकोले लगायतका विभन्न बहानामा लोडसेडिङ्ग गरिन्थ्यो ।
तर अहिले त्यही प्राधिकरणले मुलुकलाई लोडसेडिङ्ग मुक्त घोषणा गरेको छ । आखिर लोडसेडिङ्ग अन्त्य गर्न सम्भव पनि रहेछ भन्ने कुरा प्राधिकरण स्वयंले पुष्टि गरिदिएको छ । तर योसँग विगतका वर्षहरुमा त्यत्तिका समय लोडसेडिङ्ग गरिनुको कारणबारे छानविन गरिनुनै पर्छ । संक्रमणकालीन अवस्थामा देश रहिरहँदा भर्खरै भएको शान्ति सम्झौताले देशमा केही विकास हुने आशामा कतिपय जनताले आप्mना जायजेथा बेचेर सुरु गरेका व्यवसाय बन्द गर्न बाध्य पार्ने गरी गरिएको लोडसेडिङ्गको कारणको खोजी गरिनुपर्दछ ।
सीमित केही ठूला कहलिएका व्यवसायीको इन्भर्टर र जेनेरेटरको व्यापार फस्टाइदिन र बिक्री बढाउन गरिएको लोडसेडिङ्गको जिम्मा अब कसले लिने त्यने प्रष्ट पारिनु नै पर्छ । सारा देशभरका कलकारखाना, उद्योगधन्दा धरासायी बने, कतिका घरमा नाबालक समेत भोकै बसे, अस्पताल जस्तो संवेदनशील संस्था समेत प्रभावित हुने गरी गरिएको लोडसेडिङ्ग पछाडिका खेलको पर्दाफास हुनैपर्छ ।
दुई÷तीन वर्षको लोडसेडिङ्ग अन्त्य गर्ने जादुयी शक्ति भएका मानिस कुलमान घिडिङ्ग त होइनन् । तर पनि उनले कसरी आज मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाए त ? त्यो पनि खोजीको विषय बन्न सक्छ । उनले प्राधिकरणभित्र भएको अनियमितताको अन्त्य गरेर देशलाई झलमल्ल पारेका छन् भने विदेश गएर रेत कोतर्नु भन्दा देशमै व्यवसाय गर्छु भन्ने युवा जनशक्तिको मुहारमा उज्यालोपन ल्याएका छन् ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग अन्त्यसँगै अब वीरगन्ज, विराटनगर, काठमाडौं, हेटौंडा, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा लगायतका क्षेत्रहरुमा व्यवसाय पुनः फस्टाउन पाउने भएका छन् । हरेक वस्तुमा परनिर्भर रहनुपर्ने देशमा आप्mनै व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने आत्मविशवास मिलेको छ । यसका साथै, लगानीकर्ताहरु समेत लगानी गर्न विश्वस्त हुने वतावरण मिलेको छ । मुलुकमा लोडसेडिङ्ग अन्त्यसँगै, “समृद्ध नेपाल सुखी नेपालीको” नारालाई टेवा पुगेको छ भने नारालाई साँच्चै नै मूर्तरुप दिन प्रेरणा समेत मिलेको छ । आशा राखौं अबका दिनमा नेपाल र नेपालीले लोडसेडिङ्ग कहिल्यै खेप्नुपर्ने छैन ।
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...
१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...