महंगी भत्ताले निम्त्याएको महंगी – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

महंगी भत्ताले निम्त्याएको महंगी

दुई ठूला दल मिलेर बनेको स्पष्ट बहुमत प्राप्त सरकारले यही जेठ १५ गते करिब १३ खर्ब भन्दा बढी बजेट प्रस्तुत ग¥यो । बजेटको बारेमा संसददेखि सडकसम्म मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । निर्वाचनका बेलामा घोषणा पत्रमा जे—जे लेखे पनि सबै कुरा बजेटले समेट्न नसकेको गुनासो आइरहँदा सबैभन्दा तिब्र विरोध बृद्धभत्ताका बारेमा भएको छ ।

चुनावका क्रममा बृद्धभत्ता बृद्धि गर्ने वाचा गरेका नेताहरुले अहिले आएर बृद्ध भत्ताका बारेमा मौन बसेकोमा ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी रुष्ट भएका छन् । त्यसैगरी कर्मचारीलाई एक हजार महंगी भत्ता र वर्ष दिनभरीको लुगा भत्तामा २५०० वृद्धि गरे पनि कर्मचारीवर्ग पनि त्यति खुसी देखिंदैन । प्रदेश सरकारहरु पनि त्यति धेरै खुसी बनाउन सकेन यो बजेटले । निर्वाचनको बेलामा आप्mनो घोषणापत्रमा जे जे लेखे पनि एकै पटकको बजेटबाट सबै कुराको संबोधन हुन सक्ने कुरा पनि भएन र हुन पनि सक्दैन ।

तर कर्मचारीलाई महंगी भत्ता दिइएको नाममा पटकपटक इन्धनमा मूल्यवृद्धि गर्नु चाहिँ लोकतान्त्रिक सरकारलाई सुहाउने कुरा होइन । छिमेकी राष्ट्र भारतमा मूल्यवृद्धि हुँदा समायोजन गर्न भन्दै मूल्यवृद्धि गरिने गरिन्छ । तर पछिल्लो समयमा सरकारले समायोजन नै गर्न नपरे पनि इन्धनमा मूल्य बृद्धि गरेको छ । पटक पटक गरेर पेट्रोल ९७ बाट अहिले रु. ११३ पुगेको छ भने डिजेल र मट्टितेल रु. ९५ कायम भइसकेको छ । घाटा देखाएर नाफा कमाउन पल्किएका सार्वजनिक संस्थानहरुबाट यसरी पटक पटक मूल्यबृद्धि गर्नु सारा नेपाली जनतालाई मारमा पार्नु हो । यसरी इन्धनको मूल्यबृद्धि हुँदा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्मका सरसामानहरुको मूल्यबृद्धि हुने गर्दछ ।

त्यसो त प्रत्येक आर्थिक वर्षहरुमा कालोबजारी गर्नेहरुले सामान लुकाएर बजेटपछि महंगो मूल्यमा बेच्ने गर्दै आइरहेका हुन्छन् । यसरी सरकारले पटक पटक मूल्यवृद्धि गर्ने अनि उल्टो जनता र देशको समृद्धि भन्दै भाषण गर्नु कत्तिको उचित हुन्छ ? त्यसतर्पm पनि विचार गर्न आवश्यक छ ।

कर्मचारीलाई दिइएको एक हजारको मंहगी भत्ताले समग्र महंगीलाई कसरी समेट्न सक्छ । यहाँ पनि आकाशिएको मूल्यबृद्धिलाई एक हजार महंगी भत्ता र वर्ष दिनभरीको भत्तामा दुई हजार पाँच सयले निर्वाह हुन सक्छ र ? सधैं बजेट भाषणमा महंगी भत्ता शीर्षक भनेर ल्याउनु नै गलत देखिएको छ । सरकारले नै महंगी भनेपछि हामीले मूल्यबृद्धि किन नगर्ने भन्ने मनोवृत्ति व्यापारिमा आउन थाल्छ । सरकारको महंगी भत्ताले निम्ताएको महंगीलाई सर्वसाधारणले कसरी निवारण गर्न सक्लान् सरकारले सोच्नुपर्ने विषय हो ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ जेष्ठ २१, ११: ००

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ जेष्ठ २१, ११: ००

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ जेष्ठ २१, ११: ००

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...