गत साता परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल प्रकाशित ग¥यो । पनिकाले करीब एक साता अघिदेखि सम्पूर्ण तयरी पूरा भएको जानकारी संचारमाध्यमलाई दिएको थियो । तर परीक्षा नतिजा सार्वजनिक गरिएको २४ घण्टा नबित्दै पनिकाले आफुले प्रकाशित गरेको नतिजा त्रुटीपूर्ण भएको भन्दै सूचना जारी ग¥यो ।
शनिबार प्रकाशित ग्रेड सिटहरुमा नतिजामा अधिकांश विद्यार्थीहरुको प्रयोगात्मक परीक्षाको ग्रेडप्वाइन्ट जोडिएको छैन भने धेरैको ग्रेड शनिबार भन्दा आइतबार फरक हुन पुग्यो । एक साता अघिदेखि तयारी पुरा भएको भन्दै ८ गते नतिजा प्रकाशन गर्ने घोषणा पनिकाले गरेता पनि ९ गते ढिलो गरि नतिजा प्रकाशित गरेको थियो । तर भोलिपल्टै ‘प्राविधिक कारण’ भन्दै पनिका स्वयंले नतिजा त्रुटीपूर्ण भएको जानकारी दिएको हो । ‘प्राविधिक कारण’ भनेता पनि त्यो के कस्तो कारण हो खुलाइएको छैन ।
प्राविधिक कारण देखाएर पनिका पन्छिएको छ तर चार लाख भन्दा बढी विद्यार्थीहरुर तिनका अभिभावकहरुले बेहोर्नु परेको मानसिक तनावको जिम्मेवारी कसले लिने ? हरेक त्रुटीको बहाना ‘प्राविधिक कारण’ भन्दै उम्किन खाज्ने प्रवृत्तिको विकास देशमा पछिल्लो समय भइराखेको छ । संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति र समय तय हुन्छ तर त्यस दिन ‘प्राविधिक कारण’ बन्दै प्रधानमन्त्रीको सम्बोधन नहुने भन्ने सूचना टाँस गरिन्छ । त्यस्ता हरेक क्षेत्रमा भइरहने प्राविधिक कारणहरु के कस्ता हुन्; त्यसबारे सम्बन्धित निकायले बेलैमा मनन गर्न सके भविष्यमा पुनः दोहोरिने थिएन कि ?
पनिकाको गल्तिका कारण लाखौं विद्यार्थीको भविष्यमाथि असर पर्ने पक्का छ । अवैज्ञानिक तरिकाले लागु गरिएको ग्रेडिङ्ग प्रणालीले यसैपनि माध्यमिक शिक्षा परीक्षाको महत्व घटाएको अवस्थामा नतिजा प्रकाशित गर्ने आधिकारिक सरकारी निकायबाटै भएको गल्तिको मूल्य कति भारी हुन सक्छ भन्ने कुरा निक्र्योल गर्न कठिन छैन । ‘फलामे चिउरा’ को संज्ञा पाएको एसएलसी हाल एसइई भएको छ । शिक्षा प्रणाली सहज बन्नु गलत होइन । तर सकजताको नाममा गैरजिम्मेवार बन्नु चाँही पक्कै पनि गलत हो ।
अहिलेसम्म परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गर्दै आएको नतिजालाई सबैले आधिकारिक मान्दै आएको अवस्थामा यस पटक भएको गल्तिको छानविन गर्न गठित छानवित समितिको प्रतिवेदनको आधिकारिकता माथि पनि प्रश्न नउठ्ला भन्न सकिन्न । त्यस माथि पनि दोषिमाथि कारबाही हुने कुरामै शंका छ । तसर्थ सरकारले एसइईको नतिजा प्रकाशनमा भएको गैरजिम्मेवारीपनको गम्भीर छानविन गरि दोषीलाई कडा कारवाही गर्न सके मात्र लाखौं विद्यार्थीको विश्वास सरकार माथि टिकिरहने छ ।
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...
१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...