बी.पी. स्मृति दिवस र यसको सान्दर्भिकता – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

बी.पी. स्मृति दिवस र यसको सान्दर्भिकता

प्रथम जननिर्वाचित सरकारलाई २०१७ पौष १ गते अपदस्त गरी तत्कालिन शासक राजा महेन्द्रले एकदलीय व्यवस्थाको सुरुवात गरेका थिए । २०१५ सालको आमनिर्वाचनमा प्रजातन्त्रवादी समूह अर्थात् नेपाली कांग्रेसको दुई तिहाई प्राप्त सरकारको नेतृत्व गरिरहेका बी.पी कोइरालालाई तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेर सत्ता हडपेपछि देश छाड्न बाध्य भएका बी.पी. कोइरालाले भारतमा निर्वासित जीवन बिताएका थिए ।

राजनीतिक यात्रा सुरु गरेदेखि नै प्रजातन्त्रका पक्षमा वकालत गर्दै आएका बी.पी कोइराला २०१७ पौष १ गतेको राजनैतिक घटनापछि प्रजातन्त्र पुनः फर्काउन त्यसपछिको समयमा प्रयासरत रहे । पछि २०३३ पौष १६ गते पुनः पञ्चायत शासक राजासँगै वार्ता गर्न स्वदेश फर्केका थिए । तत्कालिन अवस्थाका शासकहरु बी.पी फर्केपछि अत्तालिएका थिए । हुन पनि त्यसै भयो ३ वर्षपछि पञ्चायतकालिन राजाबाटै बी.पीसँग वार्ता गरेर जनमत संग्रह घोषणा गर्ने सहमति अनुरुप २०३६ सालमा घोषणा भई २०३७ जेठ महिनामा जनमत संग्रह भएको थियो । तर राजनैतिक उतारचढाव जति नै भए पनि बी.पी कहिले पनि अति उत्साही र हत्तोत्साही भएनन् ।

राष्ट्रियता, समाजवादका हिमायती तथा साहित्यकार बी.पी. कोइराला जस्तो अदूरदर्शी राजनैतिक नेताको २०३९ साउन ६ गते निधन भएको थियो । राजनेता बी.पी कोइरालाको निधनपछि कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी लगायतका नेताहरुले गर्नु भएको राजनैतिक दूरदर्शिता पनि कम छैन तर पनि एउटा महान् विचार, एउटा राष्ट्रिय चिन्तक तथा राष्ट्रप्रतिको जिम्मेवारीबाट कहिले नथाक्ने र कहिले नभाग्ने नेताको रुपमा चर्चित नेता तथा साहित्यकार बी.पी कोइरालाको ३६औं स्मृति दिवस मनाइरहँदा अहिलेको पुस्ताले वीपीलाई कसरी सम्झने छन्, बी.पीलाई नयाँ युवापुस्तामा कसरी बुझाइने छ त्यो महत्वपूर्ण कुरा हो ।

वर्षैपिच्छे बी.पी स्मृति दिवस मनाईरहने तर बी.पीले पार्टीभन्दा देश ठूलो देश भन्दा जनता ठूलो भन्ने महान् विचारलाई अनुसरण गर्ने अहिले कुनै नेता कांग्रेसमा देखिएका छैनन् । बी.पीलाई भजाएर आप्mनै भविष्य खोजिरहेका राजनैतिक दलका नेताहरुले कमसे कम वीपीले अनुशरण गरेको राजनीतिक नीति, सिद्धान्त र आदर्श बलियो बनाउन सकेको भए मुलुक आज फेरि यस्तो तनावग्रस्त अवस्था पुग्दैनथ्यो । वीपीले प्रतिपादक गरेको र बीपीले नै खडा गरेको नेपाली कांग्रेस आज कर्तव्यविमूख भएर बस्न बाध्य हुनुपरेको छ ।

त्यसैले मुलुक समृद्ध हुन लोकतन्त्र बलियो हुनुपर्ने धारणा सधैँ सान्दर्भिक रहेको यस अवस्थामा महामानव बी.पी कोइराला जस्ता नेताले प्रतिपादन गरेका नीति, सिद्धान्त, राजनैतिक यात्रालाई आपूm अनुकूल बनाउने भन्दा पनि राष्ट्रले के खोजेको हो ? राजनैतिक यात्रालाई सहजीकरण र जनता भन्दा महान् राजनैतिक दल र दलका नेता होइनन् भन्ने सिद्धान्त कांग्रेसका लागि मात्र नभएर सिंगो मुलुक र अन्य राजनैतिक दलका नेता तथा कार्यकर्ताले बुभ्mन जरुरी छ ।

कांग्रेसले सधैँ साउन ६ गते बी.पीलाई सम्झेर २÷४ सय व्यक्ति जम्मा गरेर मात्र भाषण ठोक्दैमा बी.पीले अपनाएको राजनैतिक यात्रा, राष्ट्रियता, समाजवादको सिद्धान्त अगाडि बढ्न सक्दैन । कांग्रेसले साउन ६ गते यसपटक पनि विभिन्न कार्यक्रम गरेर बी.पीजयन्ती मनाएको छ । बी.पी स्मृति दिवसलाई पनि नेताहरुले आपूm अनुकूल कार्यक्रम बनाएर भाषण ठोके । केही नेता कता, कोही नेता कता गए । पार्टीको आर्दश र सिद्धान्तबाट विचलित हुँदै आएको कांग्रेस वीपीले अपनाउनु भएको बाटोमा पूर्ण रुपमा प्रवेश नगरेसम्म न त कांग्रेसको राजनैतिक भविष्य उज्वलनशील हुन सक्छ न त कांग्रेस नै पुरानै स्थितिमा फर्कन सक्छ ।

त्यसैले साउन ६ गतेको बी.पी स्मृति दिवसलाई नेताहरुको भाषणको थलो भन्दा पनि युवा पुस्ताले राजनैतिक तथा साहित्यकार बी.पी.लाई बुभ्mन सक्नुपर्दछ ।

सम्बन्धित समाचार

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ श्रावण ७, ०७: २१

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ श्रावण ७, ०७: २१

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...

एकताबद्ध र सिद्धान्तनिष्ठ कांग्रेसले मात्र अहिलेका समस्याको समाधान गर्न सक्छ
  • २०७५ श्रावण ७, ०७: २१

१. नेपाली कांंग्रेसको नियमित महाधिवेशन र नयाँ संसदीय स्वरुप नेपाली कांग्रेसको नियमित महाधिवेशन हुनुपर्ने थियो २०८२सालको मंसिरसम्ममा तर हुन सकेन...